सरकार भन्छ–जहाँ छौं, त्यहीँ दशैं मनाऔं, तर, दशैंमा गाउँ जाने धेरै

डिसी नेपाल
१९ असोज २०७७ १४:४८

काठमाडौं। कोरोना संक्रमितको संख्या दैनिक बढिरहेपछि सरकारले ‘जहाँ छौं, त्यहीँ दशैं मनाऔं’ भन्दै सुरक्षित रुपमा दशैं मनाउन आग्रह गरेको छ। तर सर्वसाधारणको तयारी भने सरकारले भने बमोजिमको छैन।

कोरोना संक्रमितको संख्या बढ्दै गएपनि नागरिकको भने कोरोनाप्रति त्रास देखिँदैन। उनीहरु यसअघिका वर्षमा झैं उल्लाषपूर्ण रुपम दशैं मनाउने बताउँछन्। काठमाडौको कलंकी बस्ने अमृत राई दशैं मनाउन गाउँ जाने तयारीमा छन्।

उनी भन्छन्, ‘कोरोनाकै कारण दशैं नमबाउने भन्ने हुँदैन। गाउँ जाने तयारी गर्दैछु। गाउँ गएर वर्ष दिनमा आउने चाड धुमधामसँग मनाउने हो।’

पछिल्लो समय कामठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। उपत्यकाबाट गाउँ जाना कोरोना पनि सर्ने भय स्थानीय सरकारलाई छ। तर त्यसलाई रोक्ने कुनै उपाय उनीहरुसँग पनि छैन।

‘अहिलेसम्मलाई त ढुक्क थियौं, दशैंमा काठमाडौंबाट आउनेहरुबाट कोरोना सर्छ कि भन्ने त्रास हुन थालेको छ,’ नुवाकोटको बेलकोटगढी नगरपालिका घर भएकी हिरा गजुरेलले भनिन्।  राजधानीबाट बाहिर जान कसैलाई पनि कडाइ नगरेको भन्दै सुर्खेतका सूर्य आचार्य भन्छन्, ‘दशैं आयो भन्दा पनि कोरोना आउँछ कि भन्ने चिन्ता छ।’

जनस्वास्थ्यविद रविन्द्र समिरले भने विसम परिस्थितिको समयमा नागरिक विवेकशील भएर लाग्नुपर्ने बताएका छन्। अघिल्ला वर्षकै जसो गरी दशैं मनाउनु उचित नहुने भन्दै उनले भने’ ‘दशैं अर्को पटक पनि आउँछ। सकेसम्म हामी जहाँ छौ त्यही रहेर दशैं मनाउनु सबैभन्दा बढी उपयुक्त हुन्छ।’

दशैमा आफूभन्दा ठूलाको हातबाट टीका आशीर्वाद लिइने कारण बढी उमेरका नागरिकलाई जोगाउनु पर्ने विषयमा ध्यान दिन समेत उनले आग्रह गरेका छन्।

‘कोरोनाबाट जोगाउने भनेको हाम्रै आफन्तलाई हो, आमा बुवा, हजुरामा, हजुरबुबा जस्ता व्यक्ति हामी घर नगएर जोगिन्छन् भने यसपटक दशैंमा घर नजाँदा उचित हुन्छ।’

डाक्टर समिरका अनुसार अघिल्ला वर्ष झैं दशैं,तिहार, छठ जस्ता चाडबाड मनाउने मनसाय आफ्नै खुट्टामा बन्चरो हाने झैं हुनेछ। चाडबाडको समयमा भीडभाड नगरी सुरक्षित रहेर चाडबाड मनाउन उनले सुझाव दिएका छन्।

उपत्यका बाहिर घर भएका र घर नगइ नहुने नागरिकले स्वास्थ मापदण्ड अपनाएर सुरक्षित भइ घर जानुपर्ने भन्दै उनले थपे’ ‘दुई दिन टिकाटाला मात्रै नभई कसैको गाउँ नफर्की गुजारा नै चल्न छोडेको छ भने सुरक्षित भएर आफूले खानेकुरा बोकेर होम क्वारेन्टाइन बस्ने हिसाबले जानुहोला।’

उनले अगाडि भने, ‘सानोतिनो व्यवसाय गर्ने कतिपय व्यवसायी विस्थापित भएका छन्, यदि त्यो अवस्थामा हुनुहुन्छ भने अबको केही समय गाउँमा नै गएर केही गर्ने योजना बनाउदा राम्रो हुन्छ। खेतिपाती, पशुपालन जस्ता कार्य गर्न सकिन्छ त्यसको लागि स्थानीय तहले साथ दिन जरुरत छ। अबको दिनमा कसरी हुन्छ गुजारा चलाउने उपाय अपनाउन आवस्यक छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *