संकटा परिसरमा ‘क्वाःपा द्यो छेँ’को शिलान्यास

डिसी नेपाल
१९ असोज २०७७ १५:०८
4
Shares

काठमाडौं। महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सोमबार संकटा परिसरमा रहेको ‘क्वाःपा द्यो छेँ’ को शिलान्यास गरेका छन्। २०७२ सालको भूकम्पले जीर्ण बनेपछि यो संरचना पुननिर्माण गर्नुपर्ने अवस्थामा पुगेको थियो। यसको पुननिर्माण ‘संकटा संरक्षण समिति’ ले ९९ लाख ३८ हजार ६२२ रुपैयाँ लागतमा गर्नेछ।

‘काठमाडौंको पहिचान भनेकै स्थानीय मूर्त अमूर्त सांस्कृतिक सम्पदा हुन्। यी सम्पदाको संरक्षण गर्ने स्रोत महानगरले उपलब्ध गराउँछ’, शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा प्रमुख शाक्यले भने, ‘हाम्रा सम्पदा बनाउने पैसा हामीसँगै छ। कसैसँग हार गुहार गर्नु पर्दैन। यो संरचनाको पुनर्निर्माण संकटा संरक्षण समितिले गर्नु झनै सकारात्मक कुरा हो। यसले महानगर, स्थानीय र सम्पदाबीचको त्रिपक्षीय सम्बन्ध दिगो बनाउँछ।’

द्यो छेँ १७ औं शताब्दीमा ठूलो आँगनसहित बहाल शैलीमा निर्माण भएको संरचना मानिन्छ। इ. सं. १९३४ मा यसको पुननिर्माण भएको अभिलेखमा देखिन्छ। बुद्ध धर्माबलम्बीले सञ्चालन गर्ने धार्मिक गतिबिधिसँग यो भवन सम्बन्धित छ। भवनभित्र र बाहिर बुद्धका बिभिन्न रुपका मूर्ति राखिएका छन्। ३ तले यो भवन नेपाली शैलीको घर हो। यसलाई मौलिक निर्माण सामाग्रीको प्रयोग गरेर बनाइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *