चिकित्साशास्त्रको नोबेल पुरस्कार हेपाटाइटिस सीको खोजी गर्ने वैज्ञानिकलाई

डिसी नेपाल
१९ असोज २०७७ १७:३१

काठमाडौं। हेपाटाइटिस सीको खोजी गर्ने तीन वैज्ञानिकलाई यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिइने घोषणा गरिएको छ । अमेरिकी वैज्ञानिक हार्वी जे अल्टर, चार्द्यल्स एम राइस र बेलायती वैज्ञानिक माइकल हगटनले यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाउने भएका छन् । यी तीन वैज्ञानिकलाई हेपाटाइटिस सीको खोजीको लागि यो पुरस्कार दिइन लागिएको हो ।

विश्व् स्वास्थ्य संगठनको अनुमानअनुसार विश्वभर करिब ७ करोड हेपाटाइटिसका केस छन् । हरेक वर्ष यसका कारण ४ लाखको मृत्यु हुने संगठनको अनुमान छ । यो रोगलाई क्रोनिक रोगको श्रेणीमा राखिएको छ र यो कलेजोसम्बन्धी रोग र क्यान्सरको प्रमुख कारण हो । चिकित्सा क्षेत्रको सबैभन्दा ठूलो यो पुरस्कारको राशी १ करोड स्वीडिश क्रोनर छ जसको नेपाली रुपैयाँ करिब १३ करोड नेपाली रुपैयाँ हुन आउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *