लोकप्रिय हुँदै हाँस्य टेलिश्रृङ्खला ‘अति भो’

डिसी नेपाल
१९ असोज २०७७ १८:१४
296
Shares

काठमाडौँ । प्रत्येक शनिबार राति ९ बजे एन टीभी प्लसमा प्रशारण हुँदै आएको हाँस्य टेलिश्रृङ्खला ‘अति भो ’ दर्शकमाझ लोकप्रिय बन्दै गएको छ।

२१ औँ श्रृङ्खलासम्म प्रशारण भइसकेको उक्त कार्यक्रम युवा पुस्तामा आधारित हास्यब्याङ्ग्य र पारिवारिक मनोरन्जनले भरिपूर्ण रहेको छ।

सुरज खनाल र तिलक कोइरालाको निर्देशनमा बनेको उक्त कार्यक्रम भक्तपुरको दधिकोट गाउँको परिवेशमा छायाङ्कन हुँदै आएको छ।

रियासा दाहाल , खड्ग बहादुर पून मगर , सुमन कार्की, सुरज खनाल , तिलक कोइराला , चन्द्र प्रसाद मास्के, शर्मिला शर्मा , रिता शिवाकोटी, सुयसा खनाल लगायतको अभिनय रहेको हाँस्य टेलिश्रृङ्खला ‘अति भो’ को लेखन तथा श्रृङखला निर्देशनमा सन्तोष खनालको रहेका छन्।

उक्त कार्यक्रम प्रत्येक हप्ता टेलिभिजनमा प्रसारण भइकेपछि मिडिया हबको युटुब च्यानलमा समेत आउने गर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *