होम आइसोलेशनमा बसेका वृद्धको अस्पताल लैजाँदै गर्दा मृत्यु

डिसी नेपाल
१९ असोज २०७७ २३:१०

चितवन। चितवनमा कोभिड–१९ सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएका भरतपुर महानगरपालिका–३ का ७० वर्षीय पुरुषको सोमबार बेलुका ७ बजेपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।

उपचारका लागि कोभिड आईसीयुमा आइपुग्दा ती पुरुष मृतावस्थामा रहेको अस्पतालले जनाएको छ । मृतकका आफन्तका अनुसार ती उनलाई ज्वरो, खोकी र श्वासप्रश्वास, मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो । ती पुरुष चार दिनअघि कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा बस्दै आइरहेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *