दुई कविता संग्रह ‘विम्ब’ र ‘अक्षरका वीउहरु’ लोकार्पण

डिसी नेपाल
२० असोज २०७७ ७:१९

टेक्सस। अनेसास डालस टेक्ससको आयोजनामा आइतबार साँझ जुम प्रविधिबाट २ कृति लोकार्पण गरिएको छ। साहित्यकार एवं मदन पुरस्कार २०७४ विजेता नीलम कार्की निहारिकाको प्रमुख आतिथ्यमा सुनिता बस्नेत थापाको ‘विम्ब’ कविता संग्रह र भगवती पौडेलको कविता संग्रह ‘ अक्षरका वीउहरु’ अनेसासका अध्यक्ष्य कपिल अधिकारीको अध्यक्ष्यतामा लोकार्पण गरिएको थियो।

‘विम्ब’ कविता संग्रह रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको थियो भने ‘अक्षरका वीउहरु’ स्रष्टा साँझ अमेरिकाले प्रकाशन गरेको हो।

प्रमुख अतिथि नीलम कार्की निहारिकाले दुवै कृतिहरुको लागि दुवै जना लेखिकाहरुलाई बधाइ एवं शुभकामना दिँदै नारीहरुले विविध भूमिका एवं जिम्मेवारीले लेखन कार्य चुनैतीपूर्ण रहे पनि नारी हस्ताक्षर कृतिको रुपमा आउनु विशेष उपल्ब्धी भएकाे बताइन्। प्रमुख अतिथिले दुवै कृतिको एक एक रचना वाचन पनि गरेकी थिइन्।

कार्यक्रममा दुबै कृतिहरु बारे समिक्षा गरिएको थियो। अनेसास टेक्ससका संस्थापक अध्यक्ष्य भिम कार्की, बाशु शर्मा, निर्मला राई, तारा पोखरेल, चम्पा भट्टराई, पवन लामिछाने, वाशुदेव भण्डारी, सबिता बस्नेत, कमला अधिकारी, रन्जु कँडेल, प्रभात दिक्षीतको उपस्थिति रहेको थियो। त्यस्तै नेपालबाट पनि कृतिकारका आफन्तहरुको उपस्थिति थियो।

‘विम्ब’ कविता संग्रहको समिक्षा अनेसास डालसकि उपाध्यक्ष्य एवं साहित्यकार निर्मला राइले गरेकी थिइन्। विम्ब कविता संग्रह एक साहित्य मात्र नभइ लैंगिक विभेदताको अन्त्य र सामाजिक जनचेतनाको कडी हुन सक्ने कुरा ‘मेरो रजश्वला’ नामक कविता उदृत गर्दै समिक्षक निर्मला राइले कृतिकारलाई निरन्तरताको लागि प्रोत्साहन गरेकी थिइन्।

‘अक्षरका वीउहरु’को समिक्षा गर्दै अनेसास टेक्ससका संस्थापक अध्यक्ष्य भिम कार्कीले कवि तथा कृतिकार भगवती पौडेलका सबै कविताहरु गहन र मर्मस्पर्शी रहेको उल्लेख गरेकी थिइन्।

त्यस्तै गजल अभियन्ता पवन लामिछानेले ‘अक्षरका वीउहरु’ का कविताहरु स-रस र सम्देश मुलक रहेको भन्दै लेखिकालाई बधाइ एवं शुभकामना दिएका थिए।

कार्यक्रममा उपस्थित सबैबाट कृतिकारहरुका रचना वाचन गर्नुका साथै निरन्तरताको लागि शुभकामना दिइएको थियो।अनेसास डालसका सचिव सुमन काजीले संचालन गरेकाे कार्यक्रमका सभापति कपिल अधिकारीको शुभकामना वक्तव्यसँगै समापन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *