हेलिकप्टरमार्फत् गर्भवतीको उद्धार
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रीबेणी गाउँपालिकाबाट गर्भवती महिलाको बुधबार हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । चन्द्रकला विकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टर मार्फत बुधबार साँझ विराटनगरको कोशी अञ्चल अस्पताल लगिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ३५ वर्षीया विकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईले जानकारी दिए। सोमबार अस्पतालमा भर्ना भएकी विकलाई दिनको चार पोका रगत चढाउँदा पनि रगत नथामिएपछि रेफर गर्नुपरेको अस्पतालका प्रमुख डा. सोनिङ लामाले जानकारी दिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment