‘चिसो बढेसँगै कोरोनाको प्रकोप पनि बढन सक्छ, आत्मअनुसासित बनौं’

डिसी नेपाल
२५ असोज २०७७ ८:२५

चाडवाडससँगै चिसो पनि नजिकिँदै छ।  चिसो मौसममा प्राय भाइरसहरु सक्रिय भएका हुन्छन। कोरोनाको उत्पतिको बेला पनि चिसो मौसम थियो। विज्ञहरुको भनाइ अनुसार पनि चिसोमा अरु भाइरस जस्तै कोरोना पनि सक्रिय हुन्छ। हामी आत्मअनुसासित भएनौं भने कोरोनाको प्रकोप अझै बढ्न सक्छ।

दशैं तिहार पनि नजिकिँदै छ। हामीले दशैं तिहार मनाउँदा पनि अनुसासित हुनै पर्छ। यसको मतलब मैले अनुसासन विहीन भएर चाडवाड मनाइन्छ भन्न खोजेको होइन। तर, हामीले पहिलेका वर्षहरुमा मनाए जस्तै धेरै मानिस भेला भएर चाडवाड मनाउने काम गरेमा हामी प्रतिकुल समयमा भएका कारण केही समस्या आउन सक्छ। त्यसैले भिडभाड नगरेर चाडवाड मनाउँ भन्ने मेरो अनुरोध हो।

हामीले चाडवाडमा थोरै मान्छेहरु जम्मा भएर टिका लगाउने, सकेसम्म मास्क सेनिटाइजरको प्रयोग गर्ने, एकजनाले स्यानिटाइज गरेर टिका लगाउन थालेपछि अर्को मान्छेले टिका नछुने, हात पुग्ने गरी मात्र निधार थाप्ने, रमाइलोको लागि खेलिने तासहरु नखेल्ने, बन्द कोठामा बसेर टिका लगाउने काम पनि नगर्ने, सकेसम्म कौसी, आगन, वा आफ्नो घरमा उपलब्ध सबैभन्दा धेरै फराकिलो ठाउँमा बसेर खानपान गर्ने जस्ता काम गर्न सक्यौं भने र आत्मअनुसासित बन्न सक्यौं भने चाडवाड पनि मनाइन्छ। कोरोना विरुद्धको लडाईँमा पनि सफल भइन्छ।

मैले अझै पनि देखिरहेको छु मास्क अझै चिउँडो मूनि छ। हात धोएको देखिँदैन। दुई जना भेट भएर कुरा गर्दा पनि मास्क खोलेर कुरा गरिन्छ। हाम्रो नजिकै कोही पनि खोक्दै त आउँदैनन्।

कसैको निधारमा कोरोना संक्रमण भएको छ भनेर पनि लेखेको देखिँदैन। हामीसँग आउने मान्छे हेर्दामा मात्र हट्टाखट्टा देखेर हामीले अनुमानका भरमा यसलाई कोरोना छैन भन्ने सोचाईँ र व्यवहारका कारण हाम्रो समाजमा कोरोनाका संक्रमितहरु भेटिएका हुन्।

कसैको निधारमा कोरोना संक्रमण भएको छ भनेर पनि लेखेको देखिँदैन। हामीसँग आउने मान्छे हेर्दामा मात्र हट्टाखट्टा देखेर हामीले अनुमानका भरमा यसलाई कोरोना छैन भन्ने सोचाईँ र व्यवहारका कारण हाम्रो समाजमा कोरोनाका संक्रमितहरु भेटिएका हुन्।

मैले सुरुमा पनि कुरा उठाएँ आत्मअनुसासनको। जबसम्म हरेक नागरिक आत्मअनुसासित बन्दैनौं। सरकारका हरेक प्रयासहरु क्षणिकमात्र हुन्छन्।

सरकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जतिसुकै खटे पनि हरेक एक नागरिकले अनुसासित तरिकाले व्यवहार गरेन भने, हरेकले आफू सुरक्षित हुने र अरुलाई सुरक्षित बनाउँने अधिकार मेरो पनि हो भन्ने कुरा नबुझेको अवस्थामा हामीले देखिसकेका छौं, विश्वका अरुदेशहरुझै नेपाल पनि कोरोनाको महामारीको भूमरीमा नपर्ला भन्न सकिँदैन।

अहिले समाजमा कोरोना ‘साइलेन्स ट्रान्सफरमेसन’ भइरहेको छ। यो साइलेन्स ट्रान्सफरमेसन भनेको बाहिर देखिँदैन भित्र भित्र सबैलाई संक्रमित पारेको छ। हरेक संक्रमतिसँग एउटै प्रश्न छ। म मा कसरी संक्रमण हुन पुग्यो। म बाहिर गएको पनि छैन। कुनै संक्रमितहरुसँग सम्पर्क गरेको पनि छैन।

तर, हरेक व्यक्ति, हरेक बखत, हरेक एक संक्रमितसँग सम्पर्कमा आएको छ। बजारमा भिँड छ। मान्छेहरु यस्तो कोरोनाको अवस्थामा पनि खरिदविक्रीदेखि बजारमा हेर्ने निउँमा पुगेको पाइन्छ। कतिपयले घरबेटी, समाजको डरले कोरोना पोजेटिभ भएपनि अरुलाई भनेको छैन।

कतिपयले कोरोना पोजेटिभ भयो भने के गर्ने भन्ने डरले चेकअप पनि गराएको छैन जस्ता कुराहरु सञ्चारमाध्यामबाट सुन्न पाइन्छ। यी र यस्तै व्यक्तिहरुका कारण समाजका कोरोना बढेको हो।

यसमा कमजोरी सबैको हो। सरकारले चेकजाँच गराएका र पोजेटिभ भेटिएकालाई आफ्नो सामथ्र्य अनुसार निगरानी गरिनै रहेको छै। चेक जाँच नै नगराएर पोजेटिभ भएकाहरुलाई कसरी ट्रेसिङ गर्ने भन्ने पनि हुन्छ। कोही भागेर हिँडेको छ उनीहरुलाई कसरी खोज्ने।

त्यसैले मैले पहिले पनि भने नि हरेक नागरिकले आत्मअनुसासिन भएर सहयोग नगरेसम्म कोरोनाको विश्वव्यापी लडाइमा हामी असफल हुन्छौं। आज विश्वका हरेक राष्ट्रको एउटै चुनौती भनेको कोभिड विरुद्धको लडाईँ हो।

हरेक नागरिकले आफ्नो सरकारको यो लडाइमा सहयोग गरेका छन। हामी पनि पहिला आफू बच्नु पर्छ भन्ने उद्देश्यका साथ यो लडाईमा सरकारलाई सहयोग गर्नु पर्छ।

सरकारलाई यदी सहयोग गर्ने मन छैन भने नगर्नुहोस् तर, आफू सुरक्षित हुनुहोस्। आफू सचेत भएर अगाडि बढ्नुहोस्। हरेक नागरिकले आत्मअनुसासित भएर राष्ट्रियता देखाउने समय आएको छ।

सरुवा रोग विशेषज्ञ डा. पुनसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *