जापानले सहयोग दिएको चामल दुई वर्ष गोदाममा थन्काएर बेच्दै खाद्य व्यवस्था कम्पनी
काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा सन् २०१८ उत्पादन मिति भएको जापानीज चामल भेटिएको छ। आइतबार महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली पुग्दा कम्पनीले यो चामल बिक्री गरिरहेको थियो। चामलका बोरामध्ये केहीमा उत्पादन मिति देखिन्छ। केहीमा २०१९ देखिन्छ। अधिकांशमा यस प्रकारको लेवल छैन।
कम्पनीका बरिष्ट लेखा अधिकृत नरनाथ अधिकारीकाअनुसार यो चामल जापान सरकारले खाद्य सहयोगका रुपमा उपलब्ध गराएको चामल हो। गएको पुस महिनामा यो चामल प्राप्त भएको थियो।
खाद्य बस्तु कुनैमा लेवल देखिएन त ? भन्ने प्रश्नको जवाफमा कम्पनीका गुणस्तर अधिकृत दीपा लामिछाने भन्छिन् — हामी लेवल राख्ने चरणमा छौं। ढिलो चाँडो लेवल राख्छौं।
यो सरकारका निकायको गम्भीर लापरबाही हो। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन् — निजी क्षेललाई गुणस्तर कायम भएन भनेर कारवाही गर्ने सरकारले चाहिँ जे पायो त्यही गर्न कहाँ मिल्छ र?
अनुगमन टोली पुगेका बेला कम्पनीका प्रादेशिक प्रमुख पवित्र गौत्तम कार्यालय बाहिर थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment