भन्सार छली ल्याएका ९ सय ५० थान कुर्ता सलवार वरामद

डिसी नेपाल
२६ असोज २०७७ ७:२५

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलिगरी ल्याएको रु ४ लाख ७५ हजार वराबरको अबैध कपडा सहित ट्रक नियन्त्रणमा लिएको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु२ ख ३४० नम्बरको ट्रकमा भन्सार छलिगरी ल्याएको ९ सय ५० थान कुर्ता सलवार नियन्त्रणमा लिइएको हो।

भरतपुर महानगरपालिका वडा नं ३ शहिदचोक नजिक चेकजाँचको क्रममा आइतबार सो ट्रक नियन्त्रणमा लिईएको हो । ती सामान सामान, ट्रक, ट्रक चालक नवलपरासी पश्चिम सरावल गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षिय रामबहादुर चौधरी र ३५ वर्षीया मिना केसीलाई आबश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *