खाद्यान्न र ग्रोसरी सामान उपलव्ध गराउने उद्देश्यले नेचर सुपरमार्केट सञ्चालनमा आउँदै

डिसी नेपाल
२६ असोज २०७७ १४:१४

काठमाडौं। उपभोक्तालाई गुणस्तरीय खाद्यान्न र ग्रोसरी सामान उपलव्ध गराउने उद्देश्यसहित काठमाडौंको मैतीदेवीमा नेचर सुपरमार्केट प्रा.लि. सञ्चालनमा आउने भएको छ।

उपभोक्ताप्रति गुणस्तरीय खाद्यान उपलब्ध गराउने विषयमा जिम्मेवार छौ भन्ने प्रमाणित गर्नकै लागि  सुपरमार्केटको नारा नै ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ रहेको सञ्चालनको तयारीमा रहेको सुपरमार्केटका अध्यक्ष जनक धामीले बताए।

यस नेचर सुपरमार्केटमा व्यवसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरु संलग्न छन्। अध्यक्ष धामीले स्थापनाको एक वर्ष भित्रै काठमाडौं उपत्यकामा १० स्थानमा शाखा विस्तार गरिने बताए।

काठमाडौं उपत्यका पछि देशका प्रमुख शहरहरुमा नेचर सुपरमार्केटको शाखा विस्तार गर्ने उद्देश्य रहेको प्रा.लि.का सञ्चालक सदस्य तारामान धामीले बताए। बजारको माग अनुरुप सर्वसुलभ र गुणस्तरीय सामानहरु उपभोक्तामाझ पु¥याइने उनले प्रतिबद्धता जनाए। सुपरमार्केटमा स्वदेशी उत्पादनका साथै कृषिजन्य सामाग्रीलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।

मूल्यमा एकरुपता कायम गर्दै उपभोक्ताको आवश्यकता र माग अनुसार शहरदेखि गाउँसम्म गुणस्तरीय सामानहरु बिक्री वितरण गरिने प्रवन्धक सुभेक्षा धामीले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *