नेहा कक्कडले बिहेको घोषणा गरेपछि आदित्य नारायणले पनि बिहेको घोषणा गरे

डिसी नेपाल
२६ असोज २०७७ १६:०९

मुम्बइ। चर्चित गायिका नेहा कक्कडले हालै रोहन प्रित सिंहसँग बिहे गर्ने घोषणा गरेकी थिइन् । उनले २३ अक्टोबरमा दिल्लीमा बिहे गर्दैछिन् । यससँगै इण्डियन आइडलका होस्ट आदित्य नारायण झाले पनि बिहेको घोषणा गरेका छन् । आदित्य नारायणले गर्लफ्रेण्ड श्वेता अग्रवालसँग बिहे गर्ने घोषणा गरेका हुन् । आदित्य र श्वेताले २०१० मा आएको फिल्म शापितमा एकसाथ काम गरेका थिए । यसपछि दुवै सम्बन्धमा छन् ।

आदित्यले इटाइम्ससँग कुरा गर्दै १० वर्षको सम्बन्धमा धेरै उतारचढाव आएको र अब बिहे उनीहरुको लागि केवल औपचारिकता मात्रै रहेको बताएका छन् । उनहिरुले यही वर्ष नोभेम्बर वा डिसेम्बरमा बिहे गर्ने आदित्यले बताए । आफ्ना अभिभावकले पनि श्वेतालाई मन पराउने आदित्यले बताए । आदित्य काँधमा लागेको चोटका कारण नेहा कक्कडको बिहेमा सहभागी हुने छैनन् । केही समयअघि आदित्य र नेहाको सम्बन्धको चर्चा थियो र उनीहरुको इण्डियन आइडलको सेटमा बिहे पनि गराइएको थियो । पछि यो टिआरपी हासिल गर्ने नाटक मात्र भएको खुलासा भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *