खेलाडीले फुटबल खेल्न बिर्सीसके सरकार ! किरण चेम्जोङ

डिसी नेपाल
२८ असोज २०७७ २०:१२

काठमाडौं । कोभिड–१९ अर्थात कोरोना भाइरसले लाखौं मानिसको ज्यान लियो करोडौं मानिसहरु संक्रमित भएका छन् । यो भाइरसले सबै क्षेत्र प्रभावित भएको छ । प्रभावित हुने मध्ये एउटा प्रमुख क्षेत्र खेलकुद हो । सुरुमा कोरोनाका कारण ओलम्पिक र अन्य धेरै खाले खेलहरु रद्द र स्थगित भएका थिए । हिजोआज विदेशमा विभिन्न खेदकुद प्रतियोगिताहरु शुरु भइसकेका छन् । तर नेपालमा भने अहिलेसम्मको खेलका लागि के गर्ने टुङ्गो छैन । नेपालमा पनि कोरोनाका कारण बिभिन्न खेल प्रतियोगिताहरु रद्द र स्थगित भएको थियो । ती स्थगित भएका खेलहरु अहिलेसम्म संचालन हुन सकेको छैन । आखिर किन ? यो प्रश्नको जवाफ नत सरकारसंग नत खेलकुदको जिम्मा लिएका सरकारी निकायहरु सँग नै छ । त्यसैले खेलाडीहरु भन्न बाध्य छन्, ‘हे सरकार खेलाडीहरुले फुटवल खेल्न विर्सिसके ।’

कोरोनाको प्रभावबाट बच्नका लागि भौतिक दुरी कायम गरेर खेलाडीहरुको पीसीआर परिक्षण गराएर, स्वास्थ्यका मापदण्डहरु पुरा गरेर अन्य देशहरुमा भकाभक खेलकुद प्रतियोगिताहरु संचालन भइरहेका छन् । तर हाम्रो त्यसमा यसलाई प्राथमिकतामा राख्ने काम सरकारले गरेको छैन् । खेलकुद स्वास्थ्यको लागि अति आवश्यक कुरा हो । कोरोनावाट लड्न समेत खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने प्रमाणित नै भइसकेको छ । तर पनि सरकार कानमा तेल हालेर बसिरहेको छ । सरकार किन यस्तो गर्दैछ ? के कमिशन आउने कुरामा मात्र सरकारको ध्यान गइरहेको छ भन्ने कुरा साच्चिकै सत्य हो ? खेलकुदमा ध्यान नदिंदा त नागरिकले लगाएको आरोप प्रमाणित जस्तै भएको छ ।  हाम्रा नेताहरु अन्य देशको सिद्धान्त, लवाई खुवाईको अनुशरण गर्न खप्पिस छन् तर खेलकुद भनेपछि किन पछि परेका होलान । यो पनि रहस्यको विषय भएको छ । कोरोनाको जोखिमलाई ध्यानमा राखेर बिभिन्न खेलकुद प्रतियोगिहरु संचालनमा आएका छन तर हाम्रो देशका सरकार तथा नेताहरुले अन्य देशका राजनिती तथा लगाईखुवाई कपि गर्न सक्छन तर ती देशमा कोरोनाको जोखिमलाई ध्यानमा राखेर गरिने खेलकुद प्रतियोगिताहरुको कपि गर्न किन नसकेका ? लकडाउन पनि अन्यत्रबाटै सिकेको, क्वारेन्टिन र आइसोलेसन पनि अन्यत्रबाटै सिकेको तर खेलकुदमा अन्यत्रबाट सिक्न किन ढिलाई भइरहेको छ ।

नेपाल सरकार वा खेलकुद मन्त्रालय वा खेदकुदसँंग सरोकार राख्ने अन्य सरकारी निकायहरुले विदेशमा प्रयोग गर्ने प्रविधिहरुको प्रयोग गरेर नेपालमा पनि खेलकुद शुरु गराउन सक्दैनन् ? के उनीहरुले त्यसका लागि आवश्यक प्रविधि वित्राउन सक्दैनन् ? लाटो देशमा गाँडो तन्नेरी भन्ने उक्ति जस्तै यहाँका खेलकुदका नीति निर्माता वा कार्यक्रम आयोजक र त्यसलाई सहयोग गर्ने निकायहरु सक्षम नै छैनन् कि सक्षम भएर पनि कानमा तेल हालेर बसिरहेका छन् ।

मैथली भाषमा एउटा उखान छ बाप दादाके घोरा न आ दरभंगा मे लगामा भनेजस्तै पदमा आउदा ठुलो ठुलो आश्वासन दिने र गर्ने बेलामा भने मेखो नमार्ने ? या मुसो झै दुलोमा लुकेर बस्ने ? हुनत संविधान दिवसको उपलक्ष्यमा खेलाडीलाई छोडेर आफ्ना प्रशंसकहरुलाई सम्मान गर्न सिफारिस गर्ने खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका प्रमुखहरु अहिलेको अवस्थामा खेलकुदलाई कसरी अगाडी लैजाने भनेर टाउको कन्याएर बस्नु बाहेक के नै गरेका छन र ? खेलकुद मन्त्रीलाई पद सम्हाल्दै फुर्सद छैन । रा.खे.प. सदस्य सचिव तथा उपाध्यक्षलाई सम्मान थाप्दैमा फुर्सद छैन । तर खेलुकद गतिबिधि सुन्य हुँदा सबैभन्दा बढी मारमा खेलाडीहरु परेका छन ।

खेलकुद गतिबिधि नहुदा र प्रशिक्षण गर्न नपाउदा ती खेलाडीहरु अहिले तनावमा छन् । उनीहरु दोधारमा परेका छन । यस्तो अवस्थामा खेल निकायका प्रतिनिधिहरु चुपचाप बस्दा खेलाडीहरुको मन मस्तिष्कमा बिभिन्न खालका प्रश्नहरु उब्जिरहेका छन । कोही सरकार खेलप्रति उदासिन छ भन्ने आरोप लगाई रहेका छन् । कोही सरकार बढी कमिशन आउने काममा अग्रसर हुने बानी भएकाको हातमा भएकाले खेलाडीलाई हेला गरिरहेका छन् । कोही खेलाडी प्रति नै नकारात्मक सोच भएकाहरुको जमातको हाली मुहाली हुँदासम्म यस्तै हो भन्ने चित्त बुझाई रहेका छन् । यस्तै आरोपहरु लगाउने मध्ये एक चर्चीत खेलाडी, राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले सरकार तथा राष्ट्रिय खेलकुद परिषदलाई खुला पत्र नै पठाएका छन् । खुला पत्रमा खेलाडीको पीडा झरपष्ट छ । राष्ट्रिय गौरबका एउटा पाटोलाई कतिसम्म निरिह बनाइएको छ भन्ने कुरा खुला पत्रले व्यक्त गरेको छ ।

उनले लेखेको उक्त खुला पत्र यसप्रकार छ ।

आदरणीय राष्ट्रिय खेलकुद परिषद तथा सम्मानिय सरकार ज्यूलाई मेरो सानो खुला पत्र लेख्न चाहन्छु । म नेपाली राष्ट्रिय टोलिको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो ब्यक्तिगत तथा एन्फाको तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फूटबल मात्रै नभएर सम्पुर्ण खेलकुद सुचारु गर्न सबै मापदण्ड पूरा गरि पुर्ण सुचारु गर्न हजुरहरुलाई अनुरोध गर्दछु । किन एकान दुकान गर्दै हुनुहुन्छ ? के खेलाडीहरु सधै मर्ममै पार्ने र मर्ने हो भने तपाईंहरुले सम्बन्धित निकाएमा बसेको अर्थ के रह्यो र ? खेलाडीहरु सधैं काठमाडौंको धुलोमा तपाईंहरु चै चिल्लो गाडीमा ? नेपालको खेलकुद मन्त्रालय र खेलकुद परिषदका माननीयहरु र आदरणीय नेपाल सरकारका खेलकुदको नीति निर्माण गर्ने स्थानमा बसेर प्रतियोगिताहरुको निर्णय गर्ने, कार्यान्वयन गर्ने र खेलाडीको पक्षमा काम गर्दैछु भनेर जवाफदेही छु भन्ने देखाउनेहरु हो, सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले पनि चिनाउने र गरेका छन् भनेर ।

तर यतिका महिना खेलाडी तथा खेलकुदहरु कुन दुरदसामा छन् भनेर एउटा भनक पनि नपरेजस्तो गरेको देख्दा वा चाँसोको विषय नबनाएको देख्दा फूटबलमा भबिष्य खोज्ने भाइ बहिनीहरुमा कत्तिको असर परेको छ भने कुरा खुलस्त रुपमा देख्न सक्नुपर्ने हो । अन्य राष्ट्रहरुमा फूटबल सुरु भै सक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भएन । खेलाडीका लागि मात्र होइन खेलकुद लागी पनि बोलिदिने कोही भएन । अन्य देशहरुमा फूटबल सुरु भैसक्दा पनि हाम्रो देशमा खेलमैदानको लागि दुःखद घडीमा बनाईएको रंगशालामा फिलिमको सुटिङ म्युजिक भिडिओको लागि प्रवेश खुला हुने । फूटबल खेल्नका लागि किन नहुने ? फूटबलले देशका लागि त्यति ठूलो असर पार्छ र ? अबका दिनमा सम्पुर्ण खेलमैदानमा खेल सुचारु गरिदिनु हुन म अनुरोध गर्दछु । आखिर कहिलेसम्म नेपाली फूटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने ? हामीले नेपाली फूटबलको विकासका लागि कसैले केही गरिरहेको देखेनौ । फूटबल खेलाडीले खेल्न बिर्सी सके सरकार ! फूटबल राजनीति जस्तो होइन बोलेर मख्ख पार्ने । फूटबलमा हात, खुट्टा, दिमाग लगाएर खेल्ने गरिन्छ । चिल्लो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न फुटबल । दुई खुट्टा चलाएर घर परिवार हेर्नू पर्ने हुन्छ खेलाडीलाई । ७ महिनादेखि बेरोजगार भएका खेलाडीलाई क्षतिपुर्ती कसले दिने ? जुन खेलाडीले खेलेर नै जिबिका चलाउथे ऊ त आज खेलमैदान छोडेर बिदेश पो जाँदै छ त ! यो लाजमर्दो कुरा होइन ? खेलकुदका पदाधिकारी र राज्यका माननीयहरु । जय देश जय नेपाली फूटबल ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *