नेदरल्याण्डसको टी-२० विश्वकप खेल्ने टिमको घोषणा

डिसी नेपाल
१ जेठ २०८१ ९:५३
12
Shares

काठमाडौँ । नेदरल्याण्डसले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि नेदरल्याण्डसले स्कट एडवर्ड्सको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेदरल्याण्ड्सको विश्वकप खेल्ने टिमस् स्कट एडवर्ड्स (कप्तान), आर्यन दत्त, बास डे लीडे, डेनियल डोरम, फ्रेड क्लासेन, लोगान भ्यान बेक, म्याक्स ओुडाउड, माइकल लेविट, पल भ्यान मिकेरेन, साइब्रान्ड एंगेलब्रेच, तेजा निदामानुरु, टिम प्रिन्गल, विक्रम सिंह , भिभ किन्ग्मा, वेस्ले बारेसी । त्यस्तै रिजर्भ खेलाडीको रुपमा काइल क्लेन रहेका छन् ।

टी(२० विश्वकपमा नेदरल्याण्डस नेपाल रहेको समुह डी मै रहेको छ । यस समुहमा नेदरल्याण्डस र नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका रहेका छन् । नेदरल्याण्डसले विश्वकपमा आफ्नो पहिलो खेल जुन ४ मा नेपालसँग खेल्ने तालिका रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *