अर्णब गोस्वामीविरुद्ध २०० करोड मागदावीसहित फेरि अर्को मानहानी मुद्दा

डिसी नेपाल
२९ असोज २०७७ १६:०५

काठमाडौं। रिपब्लिक टिभीका सम्पादक अर्णब गोस्वामी र उनको टेलिभिजन च्यानलविरुद्ध अभिनेता सुशान्त सिंह राजपुतका मित्र तथा फिल्म निर्माण सन्दिप सिंहले मानहानीको मुद्दा दायर गरेका छन् । मुद्दामा सन्दिपले रिपब्लिक टिभी र अर्णब गोस्वामीसँग २०० करोड क्षतिपूर्तिको माग गरेका छन् । यसका साथै उनले टिभी र सम्पादक गोस्वामीले आफ्नो छवि धमिल्याउनुको कारण बताउँदै माफी माग्नुपर्ने माग गरेका छन् । उनले आफ्नो आवेदनमा अर्णब गोस्वामीले आफ्नो च्यानलको फाइदाको लागि आफ्नो बारेमा गलत खबर फैलाएको आरोप लगाएका छन् ।

अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि सन्दिप सिंहको नाम लगातार समाचारमा आइरहेको छ । यो केसको जाँच गरिरहेका एजेन्सीहरुले सन्दिप सिंहसँग कैयौं पटक सोधपुछ पनि गरे । यही बीचमा मिडियामा उनको नाम निकै उछालियो । जब यो केस विस्तारै समाधान हुने दिशातर्फ बढिरहेको छ, यो केसमा तानिएकाहरु अब विस्तारै बदला लिनेतर्फ सक्रिय भएका छन् । सन्दिपले अर्णब गोस्वामीमाथि आफ्नो छवि धमिल्याउने खबर प्रसारण गरेको र ती समाचार रोक्न आफूसँग पैसाको माग गरेको समेत आरोप लगाएका छन् ।

 

View this post on Instagram

 

It’s Payback time @republicworld #Defamation #EnoughIsEnough

A post shared by Sandip Ssingh (@officialsandipssingh) on

सन्दिपले यो मुद्दाको पूरै जानकारी सामाजिक संजालमा शेयर गरेका छन् । सन्दिपले टिभीमा हुने बहसहरु र सामाजिक संजालमा समेत बिना प्रमाण जानीजानी आफूमाथि गम्भीर आरोप लगाइएको बताएका छन् । सन्दिपले च्यानलमाथि भ्रामक समाचार प्रसारण गरेर मुम्बइ पुलिस र सीबीआइको अनुसन्धानलाई समेत भ्रमित र प्रभावित पार्ने प्रयास गरेको आरोप लगाएका छन् । आरोप पत्रमा सन्दिपले च्यानलकै एक व्यक्तिको हवाला दिँदै च्यानललाई आफूले केही फाइदा नपुर्याउँदासम्म आफ्नो बारेमा यस्ता खबर नरोकिने जानकारी पाएको बताएका छन् । यसअघि नै अणब गोस्वामी र रिपब्लिक टिभीविरुद्ध कैयौं मुद्दा चलिरहेका छन् । नक्कली टिआरपीको आरोप लागेको टिभी र गोस्वामीविरुद्ध बलिउडका निर्माताहरुले पनि संगठित रुपमा मुद्दा हालेका छन् भने मुम्बइ पुलिसले गोस्वामीलाई साम्प्रदायिकता भड्काएको अभियोगमा हाजिर भएर १० लाख धरौटी तिर्न आदेश दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *