कार्डी बीले इन्स्टाग्राममा टपलेस फोटो शेयर गरेपछि…

डिसी नेपाल
२९ असोज २०७७ १६:१९

काठमाडौं। चर्चित र्यापर कार्डी बीले मंगलबार गल्तीवश इन्स्टाग्राममा आफ्नो एउटा टपलेस फोटो शेयर गरिन् । केही समयपछि उनले आफ्नो गल्तीबारे थाहा पाएपछि यो फोटो हटाइन् । यद्यपि केही समयका लागि उनको यो फोटो उनको प्रोफाइलमै रह्यो । तस्वीरमा कार्डी बी आफ्नो जन्मदिन मनाएपछि बिना शर्ट काउचमा सुतेकी छिन् । गल्ती भएको थाहा पाउनासाथ उनले यो तस्वीर हटाएकी थिइन् ।

एक दिनपछि उनले यो झुक्किएर भएको पोस्ट भएको बताएकी छिन् । उनले ट्वीटरमा आफ्नो आवाजमा एउटा सन्देश पोस्ट गर्दै आफूले यस्तो कहिल्यै गर्न नसक्ने बताएकी छिन् । यसअघि क्याप्टेन अमेरिका फेम क्रिस इभान्ससँग पनि यस्तै भएको थियो । उनको एउटा न्यूड भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *