विपक्षी इमरान खानलाई सत्ताबाट हटाउन सफल होलान् ?

डिसी नेपाल
२९ असोज २०७७ १९:५५

इस्लामावाद (बीबीसी)। सेप्टेम्बर २० तारिखका दिन पाकिस्तानमा मुस्लिम लीग –नवाज), पाकिस्तान पीपल्स पार्टी, जमीयत उलेमा इस्लाम र केही अन्य केही दलहरु इस्लामावादस्थित अल पार्टी कन्फे्रन्सका लागि जम्मा हुँदा धेरैलाई लागेको थियो, यो विपक्षी पार्टीहरुको फ्ल शो हुनेछ।

यी सबै विपक्षी दलहरु इमरान खानको सरकारलाई कडा चुनौति दिने दावी गरिरहेका छन्, तर उनीहरु एकजुट हुन र सरकारविरुद्ध साझा रणनीति बनाउन सँधै असफल भएका छन्। तर आम मानिसको राय त्यो बेला परिवर्तन भयो, जब पूर्व पधानमन्त्री नवाज सरफिले लण्डनबाट भिडियो कन्फ्रेन्सका माध्यमबाट कार्यक्रममा सहभागिता जनाए। उनले सो अवसरमा शानदार भाषण गरेका थिए, जो कन्फ्रेन्सको सबैभन्दा ठूलो मुद्दा बन्यो।

पाकिस्तानी सर्वोच्च अदालतले नवाज शरीफलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै उनीमाथि आजीवन राजनीति गर्न प्रतिबन्ध लगाइदिएको छ। हालका दिनमा उनी उपचारका क्रममा लण्डनमा छन्। विपक्षी दलहरुको सम्मेलनमा नवाज शरीफले महिनौंपछि केही बोलेका थिए। गएको वर्ष नोभेम्बरमा लण्डन जानुभन्दा पहिला उनी जेलम थिए, अहिले पनि उनी जमानतमा लण्डनमा छन्।

नवाजको भाषणको चर्चा

सम्मेलन समाप्त भएपछि विपक्षी पार्टीहरुले एकसाथ मलेर पाकिस्तान डेमोक्रेटिक मुभमेन्टको गठन गरे र इमरान खानलाई सत्ताबाट हटाउन विरोधको खाका पेश गरे। तर त्यो दिन नवाज शरीफको भाषण सबैमाथि हावी रह्यो। नवाज शरीफले भनेका थिए, मेरो लडाईँ इमरान खानसँग होइन, उनलाई जसले सत्ताको कुर्सीमा बसाले उनीहरुसँग हो।

उनले सांकेतिक रुपमा सेनामाथि राजनीतिक, आर्थिक, सामाजिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाए र भने, पाकिस्तानमा स्टेटभन्दा पनि माथि एक स्टेट छ।

उनले भने, यो दुःखको कुरा हो अवस्था यस्तोसम्म आयो कि स्टेटभन्दा माथि एक स्टेट छ। यही समानान्तर सरकार हाम्रो सबै समस्याको आधार हो। यो सरकारलाई हटाउने हाम्रो पहिलो प्राथामिकता हुनुपर्छ। हाम्रो संघर्ष इमरान खानको विराधमा होइन। हाम्रो लडाईँ जसले इमरान खानलाई लञ्च गरे र चुनावमा धाँधली गरेर इमरान खान जस्ता अयोग्य व्यक्तिलाई सत्ताको कुर्सीमा बसाले र देशलाई बर्बाद गरे।

उनले सेना सरकारबाट टाढा रहनुपर्ने भन्दै सेनाले जनताको मतको सम्मान गर्नुपर्ने बताए। उनले इमरान खानलाई सेनाको कठपुतली भएको आरोप लगाउँदै इमरान खानलाई सत्तामा ल्याउन धोका दिइएको बताए। उनले देशमा लोकतन्त्रको रक्षाका लागि विपक्षी दलहरुबीच राम्रो रणनीति बन्नुपर्ने भन्दै उनले समानान्तर सरकारको समस्या समाधान गर्न एक विस्तृत कार्यक्रम बनाउनुपर्ने बताए।

सम्मेलनमा विपक्षी दलहरुले २६ बुँदे प्रस्ताव पनि पारित गरे जसलाई पत्रकार सम्मेलनमा मौलान फजलुर्रहमानले पढेका थिए।

प्रस्तावमा इमरान खान सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने, उचित समयमा संसद र राज्य विधानसभाहरुबाट सामुहिक राजीनामा दिने। संसद भित्र र बाहिर सबै विपक्षी एक साथ मिलेर राजनीतिक लोकतान्त्रिक र संवैधानिक तरिका अपनाउने भनिएको छ।

फजलुर्रहमानले अब एक्शन लिने समय आएको बताए। पाकिस्तान डेमोक्रेटिक मुभमेन्टको अगुवाईमा सबै विपक्षीले देश व्यापी विरोध प्रदर्शन शुरु गर्ने बताए।

सेनाको प्रतिक्रिया

नवाज शरीफको भाषणको केही दिनपछि सेनाका प्रवक्ता मेजर जनरलले सेनाको आलोचनामाथि सांकेतिक रुपमा जवाफ दिए। सेनाका प्रवक्ताले एक न्यूज च्यानलसँगको कुराकानीमा पाकिस्तान मुस्लिम लीग (नवाज)का नेता मोहम्मद जुबैरले नवाज शरीफ र उनकी छोरी मरियम नवाजसँग कुरा गर्न सेना प्रमुखसँग गोप्य बैठक गरेको बताए। उनका अनुसार यो बैठकअगस्टको अन्तिम हप्ता र सात सेप्टेम्बरमा गरी दुई पटक भएको बताए। उनले दुबै बैठक मोहम्मद जुबैरको आग्रहमा भएको र एक बैठकमा गुप्तचरण संस्था आईएसआईका प्रमुख पनि सहभागी रहेको बताए।

सेना प्रमुखले स्पष्ट शब्दमा नवाज शरीफको कानूनी मामिला देशको अदालतको माध्यमबाट हुने र उनको राजनीतिक मामिलाको हल संसदले खोज्ने भन्दै यी सबै मुद्दामा सेनालाई अलग राख्नुपर्ने बताएका छन्।

तर विश्लेषकहरुले गोप्य बैठक सार्वजनिक गरेर सेनाले सेनामाथि लागेकोराजनीतिमा हस्तक्षेप गरेको आरोप बिना आधार लगाइएको र नेताहरु नै सेनालाई राजीतिमा तानिरहन्छन् भन्ने सन्देश दिन चाहेको बताउँछन्। हालका वर्षमा सेनाले एक संस्थानका रुपमा पाकिस्तानी सेनाले धेरै विकास गरेको भन्दै अब उसले नागरिक सरकारलाई हटाएर सत्ता प्राप्त गर्न नचाहेको दावी गरिरहेको छ।

तर राजनीतिमा सेनाको प्रभाव नेताहरुसँग उसको सम्पर्क र विदेश, आन्तरिक तथा आर्थिक नीतिमा सेनाको प्रभाव कसैबाट लुकेको छैन।

भारतीय कनेक्शन

यस बैठकमा जुन आरोपको क्रम शुरु भयो त्यसको जवाफ प्रधानमन्त्री इमरान खानले पहिलादेखि नै दिँदै आएका छन्। केही दिन पहिला उनले पाकिस्तानी न्यूज च्यानल समासँग कुरा गर्दै सेना देशको सम्पत्ति भएको बताएका थिए। उनले पूर्व प्रधानमन्त्री नवाज शरीफले सेनामाथि राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाएर खतरनाख खेल खलिरहेको बताएका थिए। इमरानले आफ्नो कुरा विस्तार गर्न नवाजले भारतकोसमेत साहारा लिएको बताएका छन्। इमरान खानले भनेका थिए, यदि हाम्रो सेना कमजोर भयो भने कसलाई फाइदा हुन्छ? हाम्रो दुश्मनलाई ।

उनले भनेका थिए, हामी सुरक्षित किन छौं? हाम्रो सेना हुन्थेन भने हाम्रो देश टुक्रा टुक्रा भइसक्थ्यो। भारतका थिंक ट्यांक भन्छन् उनीहरु पाकिस्तानलाई टुक्र्याउन चाहन्छन्।

उनले पाकिस्तान र सरकार र पाकिस्तानी सेनाबीच इतिहासमै सबैभन्दा राम्रो रहेको समेत बताएका थिए। उनले सबै संस्थाले संविधान अनुसार नै काम गरेर सबैभन्दा राम्रो सम्बन्ध रहेको बताएका थिए। उनले आफू पाकिस्तानका केही नेता मध्ये रहेको जो सेनाको नर्सरीमा नहुर्केको बताएका थिए। केही मानिसहरु नवाज शरीफलाई सैन्य प्रमुख जिया उल हकले लञ्च गरेको विश्वास गर्छन्।

यसैबीच इमरान खानका प्रवक्ता शहबाज गिलले नवाज र उनकी छोरी मरियमले भारतीय गुप्तचरसँग बैठक गरेको बताएका छन्। गिलले नवाज शरीफले भारतीय गुप्तचर एजेन्सी रअको इशारामा पाकिस्तानी संस्थाको बदनाम गरेको दावी गरेका छन्।

गिरफ्तारी, देशद्रोह र प्रतिबन्ध

भ्रष्टाचार आरोपमा पाकिस्तानको अदालतले नवाज शरीफलाई दोषी ठहर गर्दै सजाय सुनाई सकेको छ। अदालतले जब गिरफ्तारीभन्दा पहिला नवाज शरीफलाई जमानत दिन अस्वीकार गरेको थियो, त्यसको केही दिन भित्रै अकाउण्टबिलिटी ब्यूरो अफ इभेष्टिगेशन (न्याब)ले उनका भाई तथा पञ्जावका पूर्व मुख्यमन्त्री शहबाज शरीफलाई दोस्रो पटक गिरफ्तार गरेको थियो।

त्यो बेला पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोका श्रीमान तथा पाकिस्तान पीपल्स पार्टीका उपाध्यक्ष आसिफ अली जरदारी र उनकी बहिनी पनि मनी लाउन्ड्रिंग मामिलामा न्याबको निगरानीमा थिए। त्यसका साथै मौलाना फजलुर्रहमानका निटक सहयोगी पनि हिरासतमा थिए।

पाकिस्तानमा विपक्षी पार्टीहरुले आफूहरुमाथि निशाना बनाइएको लगातार आरोप लगाइरहन्छन्। उनीहरुले न्याब जस्ता संस्थाका माध्यमबाट इमरान खानले आफूहरुलाई चुप लगाउन प्रयास गरेको आरोप लगाइरहेका छन। तर सरकारले भने न्याबलाई एक स्वतन्त्र संस्था रहेको भन्दै सबैविरुद्ध भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको बताउने गरेको छ। पाकिस्तानले सरकारले न्याबको अनुसन्धानलाई लिएर विपक्षीहरुले ठूलो भ्रष्टाचारबाट बच्न होहल्ला गरेको बताएको छ।

नवाज शरीफको गिरफ्तारीपछि पाकिस्तानको मिडिया नियामक संस्था –पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेग्युलेटरी अथोरिटी)ले देशमा उनको भाषण देखाउन प्रतिबन्ध लगाइदिएको छ।

यतिमात्र होइन, नवाज शरीफ र उनका पार्टीका करिब ४० नेताहरुमाथि राजदद्रोहको मुद्दा पनि लगाइएको छ। अल पार्टी सम्मेलनमा यी सबै नेताहरु सहभागी थिए। यस एअफआईआरमा पाकिस्तान प्रशासित कश्मीरका प्रधानमन्त्री फरुक हैदरको नाम पनि समावेस थियो।
यो एफआईआर बदर रशीद नामको व्यक्तिले लाहौरको शहदरा पुलिस चौकीमा दर्ता गराएको थियो। एफआईआरमा नवाज शरीफको भाषण सेना विरोधी र देशका संस्थाहरुको आलोचना गर्ने खालको रहेको उल्लेख गरिएको थियो।

राजनीतिक विश्लेषक आमना जावेदले विपक्षी पार्टीहरुको हालको गतिविधिका कैयौं कारण रहेको दावी गरिन्। उनले कोरोना महामारीको कारण पछिल्ला ६ महिनामा राजनीतिक गतिविधि ठप्प रहेको र यो क्रममा कुनै राजनीतिक उद्देश्यले मानिसहरुलाई जम्मा गर्नु पनि लगभग असम्भव रहेको भन्दै यो समय व्यवहारिक रुपमा सरकारलाई हटाउनका लागि अभियान शुरु गर्नु सही समय रहेको बताइन्।

उनले मार्चमा पाकिस्तानी संसदको माथिल्लो सदन सिनेटका लागि चुनाव हुने भन्दै यदि इमरान खान सत्तामा रहे उनको पार्टीले धेरै सिट जित्ने निश्चित रहको बताइन्। यसै कारण मार्चभन्दा पहिला नै इमरानलाई हटाउन विपक्षी कम्मर कसेर लागेको उनले बताइन्। उनले विपक्षीहरुको गठबन्धनले इमरान सरकारलाई हटाउन सफल हुनेमा भने आशंका व्यक्त गरिन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *