२० जनाद्वारा प्लाज्मा दान

डिसी नेपाल
२९ असोज २०७७ २३:३३

चितवन। कोरोना सङ्क्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन् । चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसका अवसरमा बिहीबार नारायणगढमा आयोजना गरिएको कार्यक्रममा २० जनाले सङ्क्रमित अन्य बिरामीलाई उपचारमा सहज बनाउनका लागि प्लाज्मा दान गरेका हुन् । कोरोनामुक्त प्रहरी र सर्वसाधारणले प्लाज्मा दान गरेका हुन् ।

यसअघि राप्ती नगरपालिकामा गरिएको प्लाज्मा दान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए ।

कोराना सङ्क्रमित बिरामीलाई कोरोनामुक्त व्यक्तिबाट शरीरमा बनिसकेको एण्टीबडी अर्को सङ्क्रमित व्यक्तिलाई दिन प्लाज्मा थेरापी गर्ने गरिन्छ । चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले कोभिड–१९ सङ्क्रमितको जीवन रक्षाका लागि प्लाज्मा दान अभियान चलाइएको बताए।। उनका अनुसार अब दशैँपछि रत्ननगर क्षेत्रमा प्लाज्मा रक्तदान अभियान चलाउने योजना छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *