अधिवेशन नजिकिंदैै गर्दा ग्लोबल गोरखा समाजमा विवाद

डिसी नेपाल
३० असोज २०७७ ११:०१

काठमाडौं । दोस्रो अधिवेशन नजिकिंदै गर्दा ग्लोवल गोरखा समाजमा विवाद बढेको छ । विवाद बढ्दै गएपछि आयोजक कमिटिले कार्यक्रमको लागि निमन्त्रणा गरेका अथितिहरु उपस्थित नहुने भएका छन् ।

समाजका केहि पदाधिकारीहरुले आफूखुशी आफ्ना नजिकका राजनैतिक पात्रहरुलाई विधान विपरीत उमेद्वारीको लागि तयारी गरेको र समाजको ग्रुप च्याटमा केही व्यक्ति बिशेषले मनपरी लाद्ने र प्रक्रिया संगत कुरा उठाउने गरेका व्यक्तिलाई ग्रुपबाट हटाउने गरेको भन्दै समाज भित्र ठुलो बिवाद शुरु भएको कतारमा कार्यरत समाजका प्रतिनिधि सुरेश भट्टले बताए ।

भट्टका अनुसार अधिवेशनको पूर्वसंध्यामा विवादले उग्ररुप लिएपछि प्रमुख अथितिमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, विशेष अथितिहरु नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, पण्डित दीनबन्धु पोखरेल, गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्त र एनआरएनए आसीसी पूर्व अध्यक्ष भवन भट्टलगायत अन्य अथितिहरुको सहभागिता नहुने भएका छन् ।

विभिन्न देशमा रहेका गोर्खालीरूको सहभागिता र गोरखा समाजको सिफारिसमा उमेद्वारी दर्ता गर्नु पर्ने मान्यता भएपनि वर्तमान कार्यसमितिका केही पदाधिकारीहरुले आफू खुशी उमेद्वारी दर्ता गराएको भट्टको भनाइ छ ।

विधि, विधान र पद्वति विपरीत उमेद्वारी दर्ता भएसँगै अधिकाशं विदेशमा रहेका गोरखा समाज र संस्थासँग आबध्द प्रवासी गोर्खालीले विरोध गरेको उनले बताए ।आफूहरुले संस्था विधि र विधान अनुरुप चल्नु पर्ने, नयाँ प्रस्तावित विषयहरु विधानमा समेटेर विशेष अधिवेशनको मिति तय गर्नु पर्ने माग राखेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *