कंगनाविरुद्ध मुद्दा दर्ता, हिन्दु–मुस्लिमबीच विभाजन गराएको आरोप

डिसी नेपाल
१ कार्तिक २०७७ २१:२४

नयाँ दिल्ली (एजेन्सी)। बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध शनिबार मुम्बईमा मुद्दा दायर गरिएको छ। मुम्बई प्रहरीको बान्द्रास्थित चौकीमा एफआईआर दायर गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। कंगना र उनकी दिदी रंगोली चन्दलविरुद्ध प्रहरीमा एफआईआर दायर गरिएको हो।

मुम्बईको एक अदालतले कंगनाविरुद्ध एफआईआर दर्ता गराउन आदेश दिएपछि प्रहरीले एफआईआर दर्ता गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। समाचार अनुसार कंगना र उनकी दिदीले ट्वीटरको माध्यमबाट समाजमा द्वेस फैलाउने कार्यमा लागेको आरोप लगाइएको छ। यस्तै बलिउड उद्योगलाई ध्वस्त पार्न लागेको आरोप लगाइएको छ। कंगनाले बलिउडका हिन्दु र मुस्लिम कलाकरबीच विभाजन ल्याएकोसमेत आरोप लगाइएको छ।

कंगना लगातार ट्वीटरका माध्यमबाट बलिउडमा आफ्न्तवाद रहेको बताउँदै आएकी थिइन्। उनले आफू हिन्दु रहेको देखाउन विभिन्न मन्दिरमा गएर पूजा गरेको तस्वीरहरुसँग पोस्ट गर्दै आएकी छन्। उनले मुम्बईलाई पाकिस्तान प्रशासित कश्मीरवाला फिलिंग दिएकोसमेत बताएपछि महाराष्ट्रको सत्तारुढ दल शिवसेना र कंगनाबीच विवादसमेत भएको थियो। यही विवादका बीच कंगनाकी आमा भाजपा प्रवेश गरेकी थिइन् भने कंगना भाजपामा जाने चर्चा चलिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *