कैलारीमा बीओपी स्थापना

डिसी नेपाल
२ कार्तिक २०७७ २३:४५
36
Shares

कैलाली। कैलारी गाउँपालिका –५ छोटीपलियामा आइतबार सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी (बीओपी) स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरअन्तर्गत स्थापित बीओपीको आइतबार सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकी र कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गरे।

उद्घाटनका क्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक बुढाथोकीले सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध निकासीपैठारी नियन्त्रणमा बीओपीको प्रमुख भूमिका रहेको बताए। सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले बिओपीको स्थापनाले सीमा सुरक्षा एवं सीमा इलाकामा बसोबास गर्ने नागरिकमा सुरक्षाको सुनिश्चितता हुने उल्लेख गरे।

भारतसंँग सिमाना रहेका कैलालीका सीमा इलाकाम अझै बीओपी सङ्ख्या थप गर्ने योजना रहेको बताइएको छ । बिओपी स्थापनापछि सीमा क्षेत्रमा थप सुरक्षा कायम हुने र चोरी तस्करी नियन्त्रण हुने विश्वास लिइएको छ । एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा योलगायत बिओपी १२ पुगेको जनाइएको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *