राखेप नवनियुक्त बोर्ड सदस्य कुँवरलाई एनआरएनको बधाइ

डिसी नेपाल
५ कार्तिक २०७७ २१:११

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य एकेन्द्र कुँवरलाई गैर आवसीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले बुधबार बधाइ दिएको छ । प्रतिष्ठानका सल्लाहकार कुँवरलाई राखेपको बोर्ड सदस्यमा नियुक्त भएकोमा बधाइ दिएको हो ।

एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेश राणा, प्रतिष्ठानका प्राविधिक निर्देशक स्वयंभूराज डंगोललगायतले कुँवरलाई बधाइ पत्र प्रदान गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । कुँवरलाई गत असोज २९ गतेको मन्त्रिपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो । कुँवर अघिल्लो कार्यकालमा पनि राखेप सदस्य थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *