बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
६ कार्तिक २०७७ १८:४५
76
Shares

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

कोरोना परीक्षणका लागि उनले बुधबार स्वाब दिएका थिए।उनलाई बिहीबार कोरोना पुष्टि भएको बाग्मती प्रदेशका प्रदेश सभा सदस्य दिपक निरौलाले डिसी नेपाललाई जानकारी दिए ।

प्रदेश सभा सदस्य निरौलाले दिएको जानकारी अनुसार केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि उनी सुरक्षाविधि अपनाएर होम आइसोलेशनमा बसेका थिए।

पौडेलसँगै उनको एक जना सुरक्षाकर्मी, चालक र एकजना भान्सेमामा पनि कोरोना संक्रमण भएको छ।

उनीहरू सबैको अवस्था सामान्य रहेको प्रदेश सभा सदस्य निरौलाले बताए

‘उहाँ अहिले निवासमै हुनुहुन्छ, उहाँलाई सामान्य रूघाखोकी छ। ’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *