गण्डकीमा थपिए ४२ जना, संक्रमितकाे संख्या ६ हजार ३ सय बढि
पाेखरा । गण्डकी प्रदेशमा शुक्रबार बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।
निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २१, बाग्लुङका नौ, म्याग्दीका तीन, तनहुँ, गोरखा र लम्जुङका दुई/दुई, पर्वत, कास्की र स्याङ्जाका एक/एकजना छन् । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ।रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment