बलिउड ड्रग्स केसः ड्रग्स किन्दै गर्दा रंगेहात समातिइन् अभिनेत्री

डिसी नेपाल
९ कार्तिक २०७७ १०:५३

मुम्बइ। अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धान गर्दै जाँदा खुलासा भएको बलिउड ड्रग्स केसको अनुसन्धानको क्रममा अभिनेत्री नै रंगेहात पक्राउ परेकी छिन् । मुम्बइमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले ड्रग्सको कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । एक साथ पक्राउ परेका पाँच जनामध्ये ड्रग्स तस्करसँगै एक टेलिभिजन अभिनेत्री पनि छिन् जो ड्रग्स किन्दै गर्दा रंगेहात समातिएकी हुन् ।

भारतीय मिडियाका अनुसार एनसीबीका अधिकारीहरु मुम्बइको वर्सोवाका दुई ठाउँमा सादा पोसाकमा गएका थिए । टिमले पाँच जनालाई पक्राउ गरेको र अपरेशन अझै जारी रहेको बताइउको छ । यो अपरेशनका क्रममा एक टेलिभिजन अभिनेत्री रंगेहात पक्राउ परेकी छिन् । आज यी अभिनेत्रीलाई अदालतमा पेश गरिँदैछ । अभिनेत्री टेलिभिजनकी हुन् भन्ने मात्र जानकारी दिइएको छ यसबाहेक उनको थप पहिचान खुलाइएको छैन । यो ताजा केस हो र यसको लागि छुट्टै मुद्दा दर्ता गरिने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *