ड्रग्स केसमा सोधपुछपछि पहिलो पटक सार्वजनिक रुपमा देखिइन् सारा

डिसी नेपाल
१० कार्तिक २०७७ १७:०१

मुम्बइ। ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्यूरोमा बयानका लागि उपस्थित भएपछि सार्वजनिक जीवनबाट टाढा गएकी बलिउड अभिनेत्री सारा अली खान सार्वजनिक कार्यक्रममा सहभागी भएकी छिन् । उनी पछिल्लो पटक आफ्नो आउँदै गरेको फिल्म कुली नम्बर १ को प्रचारको लागि द कपिल शर्मा शोमा पुगेकी हुन् । शोमा साराको साथमा बरुण धवन पनि पुगेका थिए । सामान्य मेकअपमा गएकी सारा गुलाबी पोसाकमा देखिएकी थिइन् ।

सारा र बरुणको साथमा फिल्मका निर्माता ज्याकी भगनानी पनि पुगेका थिए । यसअघि साराले लामो अन्तरालपछि अष्टमीका दिन दशैंको शुभकामना दिएकी थिइन् । सारा र बरुणको फिल्म कुली नम्बर १ अमेजन प्राइममा रिलिज हुँदैछ । फिल्मको प्रिमियर क्रिसमसमा गर्ने तय भएको छ । पूजा इन्टरटेनमेन्टको लोकप्रिय फ्रेन्चाइजमा आधारित यो फिल्ममा सारा र बरुणसँगै परेश रावल, जावेद जाफरी, जोनी लिभर, राजपाल यादव लगायत कलाकार छन् । फिल्मको निर्देशन डेभिड धवनले गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *