डोटीका शक्तिपीठमा दिइएन पशुबली

डिसी नेपाल
१० कार्तिक २०७७ २१:१५

डोटी । जिल्लाका प्रमुख शक्तिपीठ तथा मन्दिरमा आज विजयादशीका दिन पशुबलि नदिएका कारण सुनसान देखिएको छ । गत वर्षमा दशैँका दिनमा निकै भीड लाग्ने यहाँका शक्तिपीठमा आज आवतजावत शून्यप्रायः छ । प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले कोरोना जोखिमका कारण त्यस्ता मन्दीरमा निषेधित क्षेत्र घोषणा गरिएको जनाए ।

यहाँका प्रसिद्ध शक्तिपीठहरु शैलेश्वरीमा रहेको चण्डिका, तिखामा रहेको कालढुङ्गा, दिपायल पिपल्लामा रहेको भगवती मन्दिरमा हजारौँको सङ्ख्यामा पशुबलि दिइने भएपनि यो वर्ष कुनै चहलपहल नभएको स्थानीयबासीहरु बताउँछन् ।

शिखर नगरपालिका–२ कालागाढका स्थानीयवासी रामबहादुर बोगटीले प्रशासनले मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेपछि अहिले सुनसान अवस्था देखिएको बताए ।

दिपायल पिपल्लाका स्थानीयवासी कैलाश विकले पशुबली रोकिएपछि भीड पनि घटेको जनाए ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *