नवदुर्गाको तान्त्रिक नृत्य शुरु

डिसी नेपाल
१० कार्तिक २०७७ २३:१८

भादगाउँ । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष विजयदशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु गरिने परम्परा छ ।

तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेर घंघला सिं ल ल्हायगु (घँुघँुरु हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु भएको मानिन्छ ।

वनमालालाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी दुलाल कर्माचार्यले तीन प्रमुख बाजा खिं, तः र कार्य तथा घलाहरु नास द्यः(नृत्यनाथ) का अगाडि राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको मन्दिरका पुजारी कर्माचार्यले बताए ।

नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घःघला प्राप्ति गरेका वनमालाले नास द्यः अघितिर बाजा बजाई नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *