चन्द्रमाको सतहमा पानी भेटियो !

डिसी नेपाल
११ कार्तिक २०७७ १२:४३

काठमाडौं । चन्द्रमामा पानी भेटिएको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी नासाले गरेको एक अध्ययनमा चन्द्रमाको सतहमा पानी भएको प्रमाण भेटिएको हो । नासाको स्ट्राटोस्फेरिक अब्जर्भेटरी फर इन्फ्रारेड एस्ट्रोनोमी (सोफिया)ले यसको पुष्टि गरेको हो । नासाका अनुसार पहिलो पटक चन्द्रमाको सतहमा सूर्यको प्रकाश पर्ने क्षेत्रमा पानीको खोज गरिएको हो । सोफियाले चन्द्रमाको दक्षिणी गोलार्द्धका रहेको पृथ्वीबाट देखिने सबैभन्दा ठूला खाल्डामध्येको एक क्लयभियस क्रेटरमा पानीका अणुहरु पत्ता लगाएको हो ।

चन्द्रमाको सतहको अहिलेसम्म भएका अवलोकनको क्रममा हाइड्रोजनका केही रुप पत्ता लगाइएको थियो तर यो पानी र उसका करिबी रासायनिक चीज हाइडेक्सिलको बीचमा अन्तर गर्न असमर्थ थियो । यो स्थानबाट प्राप्त जानकारीका अनुसार १०० देखि ४१२ भाग प्रतिसिमलियनको आद्र्रतामा पानी भएको थाहा हुन्छ र यो लगभग १२ औंस पानीको बोतलको बराबर छ जो चन्द्रमाको सतहमा फैलिएको माटोको घनमिटरमा फसेको छ । यो खोजलाई नेचर एस्ट्रोनोमी जर्नलको नयाँ संस्करणमा प्रकाशित गरिएको छ ।

वाशिङटनस्थित नासाको मुख्यालयमा साइन्स मिसन निर्देशनालयमा एस्ट्रोफिजिक्स विभागका निर्देशक पल हर्टजले भने ‘हामीले एचटुओको संकेत पाएका थियौं जसलाई हामी पानीको रुपमा चिन्छौं र त्यो चन्द्रमाको सूर्यतर्फ फर्किएको भागमा हुन सक्छ । अब हामीलाई थाहा छ कि त्यो त्यहाँ छ । यो खोजले चन्द्रमाको सतहबारे हाम्रो बुझाइलाई चुनौती दिन्छ र गहन अन्तरिक्ष अन्वेषणको लागि प्रासंगिक संसाधनको बारेमा जटिल प्रश्न उठाउँछ ।’

तुलनात्मक रुपले सोफियाले चन्द्रमाको सतहमा जति मात्रामा पानीको खोज गरेको छ त्यसको मात्र अफ्रिकाको साहारा मरुभूमिमा भएको पानीको तुलनामा १०० गुणा कम छ । पानीको यो सानो मात्राका बावजुद यो खोजले चन्द्रमाको सतहमा पानी कसरी बन्छ भन्ने नयाँ प्रश्न उठाउँछ । योभन्दा पनि ठूलो प्रश्न यो हो कि चन्द्रमाको कठोर र वायुमण्डलविहीन वातावरणमा पानी कसरी रहिरहन्छ ? यद्यपि अहिलेसम्म यो तय गरिन बाँकी छ कि एक संसाधनको रुपमा पानीको कति प्रयोग गर्न सकिन्छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा मानव बस्ती बसाउने महत्वाकांक्षी योजना बनाएको छ । नासाले यसअघि नै आर्टेमिस कार्यक्रम अन्तर्गत २०२४ सम्म चन्द्रमाको सतहमा मानव मिसन पठाउने तयारीमा जुटिरहेको छ । नासा आफ्नो आर्टेमिस कार्यक्रमको माध्यमबाट २०२४ सम्म चन्द्रमाको सतहमा मानिसलाई पुर्याउन चाहन्छ । चन्द्रमामा पानीको उपस्थितिको बारेमा जान्नको लागि नासा उत्सुक छ र यसको लागि उसले २०२४ सम्म चन्द्रमाको सतहमा पहिले महिला र त्यसपछि एक पुरुषलाई पठाउने तयारी गरिरहेको छ । नासाले आगामी १ दशकमा चन्द्रमामा स्थायी मानव उपस्थिति सुनिश्चित गर्न चाहन्छ ।

सोफियाको परिणाममा चन्द्रमामा पानीको उपस्थितिको जाँच गर्न यसअघि भएका सबै शोधहरुको योगदान छ । १९६९ मा अपोलो अन्तरिक्ष यात्री पहिलो पटक चन्द्रमामा गएर फर्केपछि यसलाई पूर्ण रुपमा सुख्खा मानिँदै आइएको थियो । तर पछिल्लो २० वर्षयता नासाको लुनर क्रेटर अब्जर्भेसन एण्ड सेन्सिङ स्याटेलाइटले चन्द्रमाका ध्रुवको चारैतिर स्थायी रुपले छायाँ रुपमा हिउँ भएको पुष्टि गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *