पाकिस्तानको पेशावरमा विद्यालय नजिकै विष्फोट, कम्तीमा ७ जनाको मृत्यु ११० घाइते

डिसी नेपाल
११ कार्तिक २०७७ १३:०२

काठमाडौं। पाकिस्तानको पेशावरमा एक मदरसा (मुस्लिम धार्मिक विद्यालय) नजिकै विष्फोट भएको छ । दीर कोलोनीमा रहेको मदरसाछेउमा भएको विष्फोटमा कम्तीमा ७ जनाको ज्यान गएको र ११० जना घाइते भएको पाकिस्तानी अखबार डनले जनाएको छ । घटनास्थलमा पुगेको उद्धार र राहत टोलीका अनुसार विष्फोटमा घाइते हुने धेरैजसो बालबालिका छन् । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ र धेरै घाइतेहरुको स्थिति गम्भीर भएको बताइएको छ ।

खैबर पख्तुनख्याका प्रहरी प्रमुख डा. सनाउल्लाह अब्बासी र एसएसपी मंसुर अमनले विष्फोटको पुष्टि गरेका छन् । घाइतेहरुलाई अस्पतालमा भर्ना गर्ने क्रम जारी रहेको र उद्धार कार्य भइरहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । घटनाको बारेमा पुलिसले अनुसन्धान पनि गरिरहेको छ । विष्फोटको कारण अहिलेसम्म प्रस्ट हुन सकेको छैन । मदरसामा पढाइ भइरहेका बेला विष्फोट भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *