‘सुशान्तको हत्या भएको थियो, हत्या हुँदा महाराष्ट्रका एक मन्त्री पनि त्यहीँ थिए’

डिसी नेपाल
११ कार्तिक २०७७ १४:४४

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको ४ महिनापछि पनि यस विषयमा नयाँ नयाँ दावी गरिँदैछ । पछिल्लो समय भारतीय जनता पार्टीका सांसद नारायण राणेले सुशान्तले आत्महत्या गरेको नभइ उनको हत्या भएको दावी गरेका छन् । उनको हत्या हुँदा सुशान्तको घरमा महाराष्ट्रका एक मन्त्री पनि भएको उनले दावी गरे । सुशान्तको केस खुल्यो भने महाराष्ट्रका एक मन्त्री जेल जान सक्ने बताउँदै उनले आफूसँग यसको प्रमाण भएको र यो प्रमाण सीबीआइलाई मात्रै दिने बताए ।

एक समाचार च्यानललाई दिएको अन्तरवार्तामा महाराष्ट्रका पूर्व मुख्यमन्त्री समेत रहिसकेका राणेले भने ‘घटनाको रात केही व्यक्तिहरु सुशान्तको घर गएका थिए । उनीहरुले सुशान्तसँग दिशाको हत्याको बारेमा सोधे । त्यसपछि उनीहरुको झगडा भयो । त्यही झगडामै सुशान्तको हत्या भएको हो ।’ यसअघि उनका छोरा तथा भाजपा विधायक नितेशले पनि यस्तै आरोप लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *