ट्रम्पले बीचमै छोडेर हिँडेको अन्तरवार्ता लिने पत्रकारलाई ज्यान मार्ने धम्की, सुरक्षा बढाइयो

डिसी नेपाल
१२ कार्तिक २०७७ ९:५८

काठमाडौं। अमेरिकाको मिडिया सीबीएसले आफ्नो अन्तरवार्ताको कार्यक्रम ‘६० मिनेट’ संचालन गर्ने पत्रकार लेस्ले स्टलको लागि पूर्णकालीन सुरक्षाको व्यवस्था गरेको छ । लस एन्जल्समा बस्ने उनका एक आफन्तलाई ज्यान मार्ने धम्की आएपछि उनको सुरक्षा बढाइएको बताइएको छ । लेस्लेले केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तरवार्ता लिएकी थिइन् जुन अन्तरवार्ताको क्रममा उनले सोधेको प्रश्नदेखि रिसाएर राष्ट्रपति ट्रम्प बीचमै अन्तरवार्ता छाडेर हिँडेका थिए । पछि ट्रम्पले लेस्लेमाथि मास्क नलगाएको आरोप लगाएका थिए ।

राष्ट्रपति ट्रम्पले अन्तरवार्ताको आफ्नो प्रति फेसबुकमा सार्वजनिक गर्नुभन्दा केही घण्टाअघि गत बिहीबार लस एन्जल्समा लेस्लेका आफन्तलाई एक अज्ञात व्यक्तिले फोन गरेर धम्की दिएको र नियो नाजीको बारेमा केही कुरा भनेको अमेरिकी मिडिया टिएमजेडको रिपोर्टमा जनाइएको छ । यस विषयमा अगाडि के कारवाही भइरहेको छ भन्नेबारे लस एन्जल्स पुलिसले कुनै जानकारी दिएको छैन । रिपोर्टका अनुसार ७८ वर्षीय लेस्लेको घरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ र उनी जहाँ जान्छिन् त्यहाँ सुरक्षाकर्मीले घेरिएर जाने गरेकी छिन् ।

न्यूयोर्क डेलीन्यूजले यस विषयमा प्रतिक्रियाका लागि सीबीएसका प्रवक्तालाई सम्पर्क गरेको थियो तर उनले यस विषयमा कुनै जानकारी दिएनन् । अन्तरवार्ताको क्रममा ट्रम्पले लेस्लेमाथि अप्ठ्यारो प्रश्न सोधेको भन्दै आपत्ति जनाएका थिए । यही अप्ठ्यारो प्रश्नका विषयमा विवाद भएपछि उनी अन्तरवार्ता छाडेर हिँडेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *