देशभर थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु
काठमाडौँ । पछिललो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएको छ । ९ हजार ७६९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३८० पुरुष र ९८४ महिला गरी २ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।
यस्तै ३ हजार ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख २४ हजार ८३२ जना निको भएका छन् ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा १७ जनासहित मृत्यु हुनेको संख्या ९०४ पुगेको छ।
नेपालमा निको भएकाको प्रतीशत ७५.८ रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment