औद्योगिक क्षेत्रको अनुगमन

डिसी नेपाल
१४ कार्तिक २०७७ २३:५२

भक्तपुर । भक्तपुरको औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुबाट निस्कने ध्वनि एवं धुँवाबाट हुने प्रदूषणले स्थानीयवासीको जनस्वास्थ्यमा परेको असरबारे जानकारी लिन भक्तपुर नगरपालिकाले आज उद्योगहरुको अनुगमन गरेको छ ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, उपप्रमुख रजनी जोशी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालयका प्रतिनिधि, औद्योगिक क्षेत्रका सहायक प्रहरी निरीक्षकसहितको टोलीले आज भक्तपुर नगरपालिका–२ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेको नेपो इण्डष्ट्रिज प्रालिअन्तर्गत सञ्चालनमा रहेको विभिन्न उद्योगबाट निस्किएको ध्वनी र धुँवाको प्रदूषणबारे अनुगमन गरेको हो ।

भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुले फालेको ध्वनी र धुँवा प्रदूषणले स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पु¥याइरहेकोबारे व्यापक जनगुनासो आएपछि समस्याको दीर्घकालीन समाधानको लागि अनुगमन गरिएको भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिए।

अनुगमनका क्रममा कपडा बुन्ने अधिकांश मेसिनहरु बन्द अवस्थामा रहेको थियो भने उद्योगको संरचना अस्तव्यस्त रहेको, ध्वनी र धुँवा प्रदूषण नियन्त्रण गर्ने कुनै पनि प्रविधि जडान नगरिएको पाइएको छ ।

त्यस क्रममा स्थानीयवासीले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड मुख्य कार्यालय काठमाडौंबाट आएका प्रतिनिधि टोलीलाई भक्तपुर औद्योगिक क्षेत्रबाट भएको ध्वनि र धुँवा फाल्ने नेपो इण्डष्ट्रिज उद्योगबारे निवेदन दिएको थियो ।

नेपो इन्डस्ट्रिजको टेक्सटाइलको ४२ थान मेशिन गैरकानूनी ढङ्गले सञ्चालन गरिरहेको हुँदा नेपाल सरकारको सम्बन्धित निकायबाट प्रमाणित नभएसम्म नेपो इन्डष्ट्रिज बन्द गर्न माग गरेका छन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *