देशभर थप २५०८ जनामा कोरोना संक्रमण, २२६४ संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट थप १७ जनाले ज्यान गुमाएका छन्। योसहित मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment