रोकियो मन्त्रिपरिषद् पुर्नगठनको तयारी
सुर्खेत । कर्णालीमा आइतबार हुने भनिएको मन्त्री परिषद पुर्नगठन रोकिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री ओली निकट मानिने २ जनालाई राजिनामा दिन लगाएर माधव नेपाल पक्षका ३ जनालाई मन्त्री बनाउने तयारी गरेको स्रोतले जानकारी दियो।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले राजिनामा नदिन भनेपछि मन्त्रीद्वय दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने तर, हटाहए हट्ने अडान राखेका थिए। स्रोतले भन्यो, उनीहरुले राखेका अडानका कारण आइतबार हुने भनिएको मन्त्रीपरिषद् पुर्नगठनको तयारी रोकिएको हो।
प्रधानमन्त्री निकट यामलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्तावका लागि १८ जना नेकपाकै सांसदहरुले तयारी गरेका थिए।
कर्णालीमा नेकपाभित्र किचलो भएपछि प्रधानमन्त्रीले कर्णालीका नेताहरुलाई बोलाएर काठमाडौंमा छलफल समेत गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment