शेयर बजारमा ५ अंकको गिरावट

डिसी नेपाल
१६ कार्तिक २०७७ १७:३०
52
Shares

काठमाडौं। साताको पहिलो दिन आइतबार शेयर बजार करिब ५ अंकले घटेको छ। दशैपछि बजार खुलेको पहिलो दिन बुधबार उच्च अंकले बढेको बजारमा विहीबार र आइतबार भने सामान्य ओरोलो लागेको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ४.७२ अंकले घटेर १६४०.९५ अंकमा झरेको छ। बुधबार ४१.२० अंकले बढेको बजार विहीबार पनि १.७८ अंकले घटेको थियो।

उकालो लागेको बजारमा नाफा लिनका लागि शेयर बिक्री गर्ने बढेपछि बजार घट्न थालेको हो।

आइतबार १९६ कम्पनीको १ करोड ६२ लाख कित्ता शेयर किनबेचबाट २ अर्व ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
यसदिन कारोबार भएका अधिकांश समूहगत परिसूचक पनि ओरालो लागेको छ। लघुवित्त, जलविद्युत, निर्जीवन बिमा कम्पनी र व्यापार बाहेकका समूहगत परिसूचक घटेको छ।

सबैभन्दा बढि होटल समूह १५.२९ अंकले घटेको छ। यसैगरी बैंकिङ समूह १४.५५, उत्पादनमूलक १५.२१, जीवन बिमा ७.४५, विकास बैंक ६.९८ अंकले घटेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *