एक साताभित्र कोरोना बीमाको भुक्तानी दिन निर्देशन

डिसी नेपाल
१८ कार्तिक २०७७ १९:३६

काठमाडौं । बीमा समितिले एक साताभित्र कोरोना बीमाको बाँकी बक्यौता भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

कोरोना बीमाको दावी भुक्तानी नदिएको भन्दै चौतर्फी आलोचना भएपछि मंगलबार समितिले कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

मंगलबार नै कोरोना बीमाबारे छलफल गर्नका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा बैठक बसेको थियो । बैठकमा उनले एक साताभित्र दावी भुक्तानीको व्यवस्था मिलाउन समितिलाई निर्देशन दिएपछि समितिले कम्पनीहरुलाई निर्देशन दिएको हो ।

छलफलमा अर्थ मन्त्रालयका सचिब शिशिरकुमार ढुङाना, राजस्व सचिव रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।

हालसम्म २० हजार भन्दा बढी बीमितले दुई अर्ब भन्दा बढि रुपैयाँको बीमा दावी भुक्तानीका लागि कागजात पेश गरेपनि करिब १५ करोड रुपैयाँ मात्र दावी भुक्तानी भएको छ ।

समितिको निर्देशनमा निर्जीवन बीमा कम्पनीहरुले एक लाख र ५० हजार बिमांक बराबरको कोरोना बिमालेख सुरु गरेका थिए ।

कोरोना संक्रमण बढ्दै गएपछि भदौ अन्तिमबाट भने कोरोना बिमालेखलाई परिमार्जन गरी स्वास्थ्य उपचारमा लाग्ने खर्चका आधारमा मात्र भुक्तानी दिने व्यवस्था गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *