‘पार्टी विभाजनको तहसम्म पुगेको छैन, महाधिवेशन नै मुख्य समस्याको हल हो’

डिसी नेपाल
२० कार्तिक २०७७ १४:४८

अहिले हाम्रो पार्टी नेकपाभित्रको विवाद सार्वजनिक भएको छ। यसअघि पनि यस्ता विवाद हुने र समाधान पनि हुने गरेका थिए। अहिले देखिएका विवाद कसरी समाधान हुन्छ भन्ने विषयमा आम कार्यकर्ताको चासो देखिन्छ।

विवाद समाधान गर्न विवाद कसरी सुरु भयो भन्नेतर्फ जानुपर्छ। भदौमा सम्पन्न स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन नहुँदा अहिलेको विवाद उत्पन्न भएको हो। त्यसैले सबैभन्दा पहिला स्थायी कमिटिको निर्णहरु कार्यान्वयन गर्नुपर्छ। त्यो भनेको के हो भने अब ढिला नगरी महाधिवेशनको तयारी गर्नुपर्छ।

त्यसपछि मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्छ। अहिले देखिएको असझदारी हटाउनलाई मुख्यतः दुई अध्यक्षको सहमतिलाई नै कार्यान्वयन गर्नुपर्छ। प्रधानमन्त्रीले सरकार संचालन गर्ने र प्रचण्डले पार्टी संचालन गर्ने भन्ने निर्णयको पालना गर्नुपर्छ।

गुटबन्धी समिकरणबाट नभइ यो विवादको समाधान पार्टी पद्धतिबाट गर्नेबारेमा सोच्नु पर्छ। पार्टीको एकता टुंग्याउनका लागि पार्टीको महाधिवेशनमा ध्यान दिनुपर्छ। सबै समस्या र हलहरु सहायक हुन्, मुख्य समस्याको हल भनेको महाधिवेन नै हो।

महाधिवेशन पछिमात्र नेकपा एकताले पूर्णता पाउने भएकाले महाधिवेशन नै मुख्य समस्याको हल हो। सबै जना महाधिवेशनसम्म जानको लागि तयारी हुने र महाधिवेशन गर्नु अहिलेको आवश्यकता हो।

अहिलेको विवाद दुई अध्यक्षले नै मिलाउने हो। हामीले मात्र मिलाउने कुरा हुँदैन, उहाँहरुले पनि रियलाईज गर्नु प-याे। हामीले उहाँहरुलाई जिम्मेवारी दिएको हो। दुई जना अध्यक्ष र सचिवालयलाई जिम्मेवारी दिएको हुनाले दुईवटा अध्यक्ष र सचिवालय मिलेर अहिले देखिएको समस्या समाधान गर्नुपर्छ। बाहिर हल्ला भएजस्तो पार्टी फुट्ने लेवलको अवस्था छैन।

अर्को कुरा सरकार र पार्टीको कामको निरन्तर समीक्षा गर्नुपर्छ। पार्टी र सरकारका कामको समीक्षा नभएका कारण पनि अन्तरविरोध आएका छन्, अशन्तुष्टि आएका छन्।

पार्टी भित्रको अन्तरसंघर्षलाई स्वस्थ र मर्यादित कसरी बनाउने हो त्यसबारे हामीले सोचेनौं भने स–साना कुराहरुमा पनि ठूला ठूला अन्तरविरोधहरु पैदा हुने, पार्टीभित्र अविश्वास पैदा हुने र प्रतिशोधको भावना सिर्जना हुने खालको समस्या देखिएको छ।

त्यसबाट पार्टीलाई हामीले मुक्त गर्नु प-याे र पार्टीका झगडा संम्बन्धित ठाउँमा हल हुनु पर्छ। सचिवालयको झगडा सचिवालयमै हल गर्नुप-याे। दुईवटा अध्यक्षबीचको असमझदारी हो भने दुई वटा अध्यक्षले नै त्यो मिलाउनु प-याे।

पार्टीलाई विधि र प्रक्रियामार्फत पार्टीभित्रको वैचारिक संघर्षलाई हामीले समाधान गर्नु प-याे। पार्टी भित्र जतिपनि घटनाहरु घटेका छन्, ती कुराहरु आम रुपमा सार्वजनिक रुपमा भन्ने बोल्ने कुराले जनस्तरसम्म पनि असन्तुष्टि बढेको हुनाले पार्टी भित्रको झगडालाई मैत्रिपूर्ण, सौहादपूर्ण बैचारिक राजनीतिक बनाउन कोशिस गर्नुपर्छ।

दोस्रो कुरा, गुटका बैठकहरु अन्त्य गर्नु पर्छ। अहिले नेकपा भित्रको मुख्य समस्या भनेको गुट हो। दूईवटा पार्टीका बीच एकता भयो तर यहाँ गुटहरु धेरै भए। सबै गुटको व्यवस्थापन गर्नुपर्ने बाध्यता नेतृत्वलाई आइलाग्यो। त्यसकारण गुटहरुका बैठक अन्त्य गरेर पार्टीलाई कसरी संचालन गर्ने भन्ने विषयमा मुख्यतः सचिवालयका नेताहरु जिम्मेवार हुनुपर्छ।

महाधिवेशनलाई लक्ष्य बनाएर पार्टीलाई फोकस गर्नु प-याे। पार्टी भित्रका सम्पूर्ण समस्याको समाधान भनेको अन्तिममा महाधिवेशनले गर्छ। हामी सबै महाधिवेसनमा जान बाध्य छौं, किन भने महाधिवेशन नै पार्टीभित्रका सबै समस्याको हल गर्ने प्रजातान्त्रिक तरिका पनि यही हो, समाजवादी तरिका पनि यही हो। त्यो तरिका अपनाएर महाधिवेशन सम्म जाने कुरालाई ध्यान दिनु पर्छ। त्यसैले समस्या समाधान गर्छ।

अहिले आम कार्यकर्तालाई पार्टी विभाजन हुने हो कि भन्ने चिन्ता पनि देखिन्छ। तर, पार्टी विभाजनको तहसम्म पुगेको छैन। हाम्रो पार्टीको अन्तर संघर्षको वातावरण हाम्रो स्थायी समितिको मिटिङ हो।

र, त्यो स्थायी समितिले पार्टीलाई पार्टी भित्रका समस्याहरु यसरी समाधान गर्ने भनेर निष्कर्ष दिइसकेपछि स्थायी समितिको निर्णयभन्दा बाहिर हामी जान सक्दैनौं। पछिल्लो चरणमा जुन खालको समस्या देखिएको छ, त्यो स्थायी समितिमा भएको निर्णहरुको कार्यान्वयन नभएको कारणले आएको हो स्थायी समितिको निर्णलाई कार्यान्वयन गर्ने हो भने यी समस्या विस्तारै कम भएर जान्छन्।

पार्टी विभाजनको तहसम्म पुग्यो भन्ने हाम्रो विश्लेशण छैन। र, पछिल्लो चरणको झगडा जुन बल्झ्यो त्यो स्थायी समितिको त्यो स्थायी समितिको निर्णय कार्यान्वयन नभएको भएको झगडा हो।

र, अहिले हाम्रो स्थायी समितिको निर्णयको अधिनमा सबै नेताहरु बस्नुपर्छ। हामी सबै स्थायी समितिको निर्णय अन्तर्गत रहनु पर्ने स्थिति भएको हुनाले हामीलाई सक्रिय हुनपर्ने परिस्थिति बन्यो भन्ने हामीलाई लाग्दैन।

दुईवटा अध्यक्षका बीचमा भएका छलफल बहसहरु दुई जना अध्यक्षकै बीचमा रहनु पर्छ। दुईवटा अध्यक्षमा रहेका बहसहरु, राम्रा, नराम्रा कुराहरु दुई अध्यक्षले नै समाधान गर्नुपर्छ। दुई अध्यक्षबीचका कुराहरु नमिलेर बाहिर आउँदा असमझदारीहरु विकास हुन सक्छ।

अहिलेको विवाद दुई अध्यक्षले नै मिलाउने हो। हामीले मात्र मिलाउने कुरा हुँदैन, उहाँहरुले पनि रियलाईज गर्नु प-याे। हामीले उहाँहरुलाई जिम्मेवारी दिएको हो। दुई जना अध्यक्ष र सचिवालयलाई जिम्मेवारी दिएको हुनाले दुईवटा अध्यक्ष र सचिवालय मिलेर अहिले देखिएको समस्या समाधान गर्नुपर्छ। बाहिर हल्ला भएजस्तो पार्टी फुट्ने लेवलको अवस्था छैन। केही असमझदारीहरु विकास भएका हुन्, ती असमझदारी उहाँहरु बसेर समाधान गर्नु हुन्छ।

दुईवटा अध्यक्षका बीचमा भएका छलफल बहसहरु दुई जना अध्यक्षकै बीचमा रहनु पर्छ। दुईवटा अध्यक्षमा रहेका बहसहरु, राम्रा, नराम्रा कुराहरु दुई अध्यक्षले नै समाधान गर्नुपर्छ।

दुई अध्यक्षबीचका कुराहरु नमिलेर बाहिर आउँदा असमझदारीहरु विकास हुन सक्छ। तर, मलाइ लाग्छ दुई वटा अध्यक्षहरु बसेर नै समास्याको समाधान गर्ने लेबलमा छ। उहाँहरुबीचका कुराहरु बाहिर गलत ढंगले आउँदा खेरी आममासमा गलत म्यासेज गएको हो की जस्तो लाग्छ।

पुरानै पार्टी तिर फर्किँदा खेरी यो समस्या आएको हो। अझैपनि दुईटा अध्यक्षबीच समझ्दारी भएर जान सक्ने अवस्था म देख्नछु। रअका प्रमुख नेपाल आउनु र नेकपामा विवाद हुनु संयोग हो।

नेपालका पार्टी भित्रको संघर्षमा भारतको हात छ भन्ने मलाइ लाग्दैन। पार्टी भित्रको झगडा भइरहेका बेला उनी आए, यो संयोग हो। दुई देशबीचको समस्या कसरी समाधान गर्ने भन्ने विायमा उनी आएका होलान भन्ने होलान जस्तो लाग्छ।

नेकपा स्थायी कमिटी सदस्य थापासँग डिसी नेपालका मदन कोइरालाले गरेको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *