युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपतिद्धरा राजीनामा

डिसी नेपाल
२० कार्तिक २०७७ २३:१७
32
Shares

प्रिस्टिना(एजेन्सी) । युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनीमाथि युद्धअपराध गरेको आरोप लाग्दै आएको थियो । त्यसैले उनले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग पनि उठ्दै आएको थियो ।

हालैमात्र उनका विरुद्धमा हेगमा रहेको युद्धअपराध अदालतमा मुद्धा दायर भएको थियो । त्यसपछि उनले राजीनामा दिएका हुन् । सन् १९९० मा सर्बियासँगको द्धन्द्धका क्रममा उनी शक्तिमा रहेका बेला युद्धअपराध गरेको आरोप छ ।

आफू अन्तर्राष्ट्रिय युद्धअपराध अदालतमा उपस्थित हुनुपर्ने भएकोले आफ्नो पदबाट राजीनामा दिएको उनले बताएका छन्। राजीनामा पत्रमा आफूले कोसोभोको राष्ट्रिय प्रतिष्ठामा आँच आउन नदिनका लागि र अन्तर्राष्ट्रिय रुपमा आफ्नो देशको स्वाभिमान कायम राख्नका लागि आफूले राजीनामा दिएको तर आफूले कुनै गल्ती नगरेको उनले सो राजीनामा पत्रमा जनाएका छन्।

सन् १९९० मा सर्बियासँगको द्धन्द्धका क्रममा उनी कोसोभोको विद्रोही समूहको राजनीतिक विभाग प्रमुखका रुपमा काम गगरेका थिए । उनको आदेशमा ती विद्रोहीहरुले सर्बियाका नागरिकमाथि हिंसा गरेको र धेरै मानिसको हत्या गरेको आरोप लगाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *