१६ इलेक्टोरल सिट भएको जर्जिया पनि ट्रम्पको हातबाट फुस्किने संकेत
काठमाडौं। अमेरिकी राष्ट्रपतिको जारी मतगणनामा हालका राष्ट्रपति डोनाल्ड ट्रम्प लगातार पछि पर्दै गएका छन्। यस्तोमा १६ इलेक्टोरल सिट भएको जर्जिया पनि ट्रम्पको हातबाट फुस्किने देखिएको छ।
पछिल्लो परिणमअनुसार जर्जियामा ट्रम्पको अग्रता साँघुरिँदै गएर निकै झिनो अवस्थामा पुगेको छ र अब यहाँ जुनसुकै बेला जो बाइडेनले अग्रता लिने देखिएको छ।
नेपाली समयअनुसार हिजो बेलुकीसम्म जर्जियामा ट्रम्पको अग्रता बलियो थियो। तर नेपालमा आज बिहान उज्यालो हुँदासम्मको गणनामा ट्रम्पको अग्रता घटेर तीन हजारको हाराहारीमा झरेको थियो।
बिहान ११ बजेतिर यो अग्रता १७ सयजतिमा झरेको थियो। शुक्रबार अपरान्ह ३ बजेतिर ट्रम्पले त्यो अग्रता पनि गुमाएका झन् र अब ट्रम्पको अग्रता मात्रै ४६३ मतको छ।
जर्जियामा अहिलेसम्मको गणनाअनुसार ट्रम्पले २४ लाख ४८ हजार २३२ मत पाएका छन्। बाइडेनले अग्रता घटाउँदै छन् र उनको मत पनि २४ लाख ४७ हजार ७६९ पुगिसकेको छ। पेन्सलभेनियामा पनि बाइडेनले अग्रता घटाएका छन्।
अब यहाँ ट्रम्पको अग्रता करिब १८ हजार मतको छ। उता नेवादामा बाइडेनको अग्रता कायमै छ। राष्ट्रपति बन्नका लागि बाइडेनले नेवादाका ६ सिट जिते उनको बहुमत पुग्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment