भारतमा विधानसभा निर्वाचनः मध्य प्रदेशमा भाजपाले जित्ने एक्जिट पोलको अनुमान
नयाँ दिल्ली (एजेन्सी)। भारतको मध्य प्रदेशमा भएको उपनिर्वाचनमा सत्तारुढ दल भाजपाले जित्ने अनुमान गरिएको छ। शनिबार मतदानपछि जारी गरिएको एक्जिट पोलमा २८ सिट मध्ये भाजपाले १४ देखि १६ सिट र काँग्रेसले १० देखि १३ सिट जित्ने अनुमान दैनिक भास्करको एक्जिट पोलले अनुमान गरेको छ।
मध्ये प्रदेशमा तत्कालिन काँग्रेस आईका नेता ज्योतिराध्य सिन्धया पार्टी छोडेर भाजपा प्रवेश गरेपछि उनीसँगै पार्टी छाडेकाहरुको सिटमा उपनिर्वाचन भएको हो। त्यो बेला सरकारमा रहेको काँग्रेस सिन्धियाले पार्टी छोडेपछि सत्ताबाट बाहिरन पुगेको थियो भने भाजपाले सरकार बनाएको थियो।
२८ सिटका लागि भएको निर्वाचनमा काँग्रेसले कम्तिमा २२ सिट जिते उसले फेरि सरकार बनाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अन्यथा भाजपाको सरकार बच्ने जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment