अछाम र बाजुराका सरकरी कार्यालयमा सूचना आयोगको अनुगमन
बाजुरा। राष्ट्रिय सूचना आयोगले बाजुरा र अछामका विभिन्न सरकारी कार्यलयमा सूचनाको हकको कार्यान्वयनबारे अनुगमन गरेको छ। आयोगकी सदस्य कमला ओलीले अनुगमन गरेकी हुन्।
खासगरी जिल्लामा सरकारी कार्यलय हरुले सूचना अधिकारी राखे नराखेको, सूचना सहज रुपमा उपलब्ध गराए नगराएको, सरकारी सन्यन्त्रबीच तालमेल भए नभएको, सबैले देख्ने गरी बडापत्र राखे नराखेको लगायतका बिषय हरुमा ओलीले चासो लिएकी थिइन्।
सूचना आयोगका प्रबक्ता समेत रहेकी ओलीले अछाममा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, मालपोत कार्यालयलगायतका कार्यालयहरुमा अनुगमन गरेकी थिइन्।
बाजुरामा पनि जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकीलको कार्यालय, मालपोतलगायतका कार्यालयहरुमा अनुगमन गरिएको थियो। जिल्लामा रहँदा सरकारी कार्यालयहरुमा रहेका सूचना अधिकारीहरुलाई सूचनाको अधिकारको बिषयमा जानकारी गराएकी थिइन्। ओलीले सूचना सहज रुपमा उपलब्ध गराउन निर्देशन दिएकी थिइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment