जो बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी

डिसी नेपाल
२२ कार्तिक २०७७ २२:२२
3.4k
Shares

वाशिङ्टन( (एजेन्सी)। डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने इलेक्टोरल भोट प्राप्त गरेका छन्।

पेन्सिल्भेनिया राज्यको परिणाम आएसँगै बाइडेनले २७३ इलेक्टोरल भोट जितेका हुन्। उनले पेन्सिल्भेनियाका २० इलेक्टोरल भोट जितेका छन्।

अमेरिकी सञ्चार माध्यमहरुले जो बाइडेन विजयी भएको बताएका छन्। तर, अन्य राज्यहरुमा मतगणना जारी रहेकाले उनलाई आधिकारिक रुपमा विजेता भने घोषणा गरिएको छैन।

राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार अमेरिकी इतिहासमा दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा पराजित हुने तेस्रो राष्ट्रपति बनेका छन्। तर, पनि ट्रम्पले यो हार स्वीकार भने गरिसकेका छैनन्। केही समय अगाडि आफूले चुनाव जित्ने भन्दै उनले ट्वीट गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *