चुनाव हार्ने पक्का भएपछि गल्फ कोर्समा ट्रम्प

डिसी नेपाल
२३ कार्तिक २०७७ १:०८
344
Shares

वाशिङ्टन (एजेन्सी)। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हार्ने पक्का भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प वाशिङ्टन डिसीबाट नजिकको भर्जिनियास्थित गल्फ कोर्टमा गल्फ खेल्न पुगेका छन्। राष्ट्रपति भवन ह्वाइट हाउस अगाडि विजयी उम्मेदवार जो बाइडेनका समर्थकले विजय उत्सव मनाउन थालेपछि उनी गल्फ कोर्टमा पुगेका हुन्।

तर, ट्रम्पले चुनाव हार भने स्वीकार गरेका छै्रनन्। उनले सर्वोच्च अदालत जाने बताइरहेका छन् भने मतदानमा धाँधली भएको आरोप लगाइरहेका छन्। यद्यपी उनले धाँधलीबारे कुनै प्रमाण भने पेस नगरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।

पेन्सिल्भेनिया राज्यमा बाइडेनले जित हात पारेसँगै उनी विजयी भएका थिए। अमेरिकामा राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोल कलेज भोट आवश्यक पर्छ। बाइडेनले हालसम्म २७३ इलेक्टोरल कलेज भोट जितेका छन् भने अन्य राज्यहरुमा पनि अग्रता बनाइरहेका छन्। हालसम्म ५० मध्ये ४५ राज्यको मतपरिणाम आएको छ। अझै पाँच राज्यमा मतणना जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *