यसअघि हारेका राष्ट्रपतिले पद छोड्न नमान्दा के भएको थियो ? ट्रम्पले नमाने के हुन्छ ?

डिसी नेपाल
२३ कार्तिक २०७७ ११:४९

काठमाडौं। अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् । अब उनले आगामी जनवरी २० मा शपथ ग्रहण गरेपछि पदभार ग्रहण गर्नेछन् । त्यतिबेलासम्म अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पले नै राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् । चुनाव प्रचारको क्रममा राष्ट्रपति ट्रम्पले आफू पराजित भएमा कानुनी बाटो रोज्ने र सहजै पद हस्तान्तरण नगर्ने बताएका थिए । उनको यो भनाइका आधारमा यदि उनले पद छोड्न अस्वीकार गरे भने के होला भन्ने विषयमा अहिले धेरैको चासो बढेको छ ।

अमेरिकामा बहालवाला राष्ट्रपतिले पराजित भएपछि पद हस्तान्तरण गर्न नमानेको घटना २२० वर्षअगाडि नै भइसकेको छ । घटना सन् १८०० को हो । अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वाशिङटले दुई कार्यकाल पूरा गरेपछि १७९७ मा राष्ट्रपति निर्वाचित भएका जोन एडम्स सन् १८०० मा दोस्रो कार्यकालका लागि चुनाव लडेका थिए । उनी जर्ज वाशिङटनको कार्यकालमा उपराष्ट्रपति थिए । तर, १८०० मा भएको निर्वाचनमा उनी पराजित भए । उनका प्रतिद्वन्द्वी थोमस जेफरसनले चुनाव जिते ।

चुनाव हारेपछि जोन एडम्सले पद हस्तान्तरण गर्न मानेनन् । त्यसपछि यस्तो भयो जसको कसैले कल्पना पनि गरेका थिएनन् । २० जनवरी १८०१ मा थोमस जेफरसनको शपथ ग्रहण समारोहमा पनि जोन सहभागी भएनन् । ह्वाइट हाउसका कर्मचारी पनि शपथ ग्रहण समारोहमा गएनन् । यही कारण २० जनवरीमा लेखिनुपर्ने मिड डे रुल्स पनि लेख्न सकिएन । यो त्यही दिन हो जुन दिन अमेरिकाको बहालवाला राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई कार्यभार सुम्पिन्छन् ।

जोन भने आफ्नो अडानबाट पछि हट्न मानेनन् । उनले ह्वाइट हाउस पनि छोड्न मानेनन् र आफ्नो कार्यभार पनि थोमसलाई सुम्पिन मानेनन् । यस्तो स्थितिमा उनलाई ह्वाइट हाउसबाट बाहिर निकाल्ने कामको सुरुवात उनकै कर्मचारीले गरे । उनका कर्मचारीले उनको कुरा सुन्न छाडे । सबै सुरक्षा हटाइयो र आधिकारिक संचार प्रणाली काटियो ।

राष्ट्रपतिका कर्मचारीहरुले उनीसँग आदेश लिन बन्द गरे र राष्ट्रपति कार्यालय पनि हटाइयो । हारेपछि पनि ह्वाइट हाउस नछाडेका जोनलाई सेना, सिआइए, एफबीआइ र ह्वाइट हाउस स्टाफले बेवास्ता गर्न थाले । आफूलाई अपमानित भइरहेको देखेपछि अन्ततः जोनले हार स्वीकार गरे । आधिकारिक रुपमा उनले ४ मार्च १८०१ मा मात्रै थोमसलाई कार्यभार सुम्पिए ।

अहिले पनि ट्रम्पले कार्यभार सुम्पिन अस्वीकार गरेमा सिक्रेट सर्भिसेजले आफ्नो प्राथमिकता ट्रम्पसँगै बाइडेनतर्फ केन्द्रित गर्न सक्छ । सीआइएले ट्रम्प र बाइडेन दुवैलाई ब्रिफिङ गर्न सुरु गर्न सक्छ । सीआइएको काउन्टर इन्टेलिजेन्स टिम जो सीआइएको लागि जासुसी गर्छ उनीहरुले दुवैलाई ब्रिफिङ गर्न थाल्न सक्छन् । ह्वाइट हाउसका कर्मचारी आफ्नो नयाँ राष्ट्रपतिको हिसाबले काम सुरु गर्न सक्छन् । २० जनवरी मध्य दिनपछि ह्वाइट हाउसका कर्मचारीले पुरानो राष्ट्रपतिको सामान बाहिर निकालेर नयाँ राष्ट्रपतिको सामान कसैको अनुमति बिना भित्र ल्याउन सक्छन् ।

जनवरीदेखि ट्रम्पको पारिश्रमिकबाट ह्वाइट हाउसको भाडा काटिन बन्द हुनेछ । जनवरीदेखि नै बाइडेनको राष्ट्रपतिको पारिश्रमिक आउन सुरु हुनेछ र ह्वाइट हाउसको भाडा बाइडेनको तलबबाट काटिनेछ । २० जनवरी मध्य दिनपछि मेलानिया ट्रम्प ह्वाइट हाउसकी बोस रहने छैनन् । उनको स्थानमा ह्वाइट हाउसका कर्मचारीले डा. जिल बाइडेनलाई आफ्नो बोस मान्न सक्छन् ।

२० जनवरी मध्य दिनदेखि राष्ट्रपतिका सबै आधिकारिक संचार प्रणाली ट्रम्पसँगबाट हटाइनेछ । पेन्टागन, सीआइए, अटर्नी जनरल, सिक्रेट सर्भिसेज र अधिकारीहरुले पुरानो राष्ट्रपतिलाई गार्ड दिनुभन्दा पहिलेसम्म संवाद जारी राख्नेछन् । बिस्ट र एयरफोर्स वनले ट्रम्पलाई सेल्युट गर्छन् र आफ्नो फोकस बाइडेनतर्फ गर्छन् । बिस्टले बिना कसैको अनुमति बाइडेनको रगतको नमूना लिनेछ । यस्तो २ सय वर्षदेखि चलिआएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *