बुशले निर्वाचनलाई निष्पक्ष भन्दै बाइडेनलाई बधाइ दिएपछि रिपब्लिकन पार्टीभित्र मतभेद

डिसी नेपाल
२४ कार्तिक २०७७ ११:२६

काठमाडौं। अमेरिकामा राष्ट्रपति पदको निर्वाचनको परिणाम आएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनभित्र मतभेद देखिन थालेको छ । पूर्वराष्ट्रपति जर्ज डब्लु बुशले डेमोक्रेट जो बाइडेनलाई जीतको बधाइ दिँदै चुनाव निष्पक्षन भएको भनेका छन् । तर रिपब्लिकन पार्टीका अन्य केही शीर्ष नेताले भने ट्रम्पको हार स्वीकार गरेका छैनन् । हाउस अफ रिप्रेजेन्टेटिभमा पार्टीका नेता केभिन म्याकर्थीले पहिले हरेक कानुनी चुनौतीमाथि विचार गरिनुपर्ने बताए ।

राष्ट्रपति ट्रम्पले अझै पनि ट्वीटरमा चुनाबमा धाँधली भएको दावी गर्दै आएका छन् । उनले निर्वाचन परिणाम चोरी गरिएको आरोप लगाएका छन् । तर, ट्वीटरले उनको बयानलाई विवादित भन्दै सेन्सर गरिदिएको छ । ट्रम्पले एउटा ट्वीटमा भनेका छन् ‘हामी मान्छौं यी मानिसहरु चोर हुन् । यो एक चोरिएको चुनाव थियो ।’ अर्कोतर्फ रिपब्लिकन पार्टीका कैयौं नेताहरुले राष्ट्रपति निर्वाचनको नतिजा स्वीकार गर्न अनुरोध गरिरहेका छन् ।

सन् २००० को चुनावमा जर्ज डब्लु बुशको तर्फबाट फ्लोरिडामा मतको पुनः गणना गराउनको लागि कानुनी रणनीति बनाउने वकिल बेन गिन्सबर्गले अमेरिकी टिभी च्यानल सीबीएससँग भने ‘ट्रम्पले थोरै धैर्यतापूर्वक नतिजालाई हेर्नुपर्छ ।’ उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै भने ‘यो एक लोकतन्त्र हो । यो त्यो देश हो जो तपाइँको लागि निकै राम्रो रह्यो । तपाइँले केवल यत्ति गर्नुपर्छ, तपाइँ संस्थाहरुको आदर गर्नुहोस् र यसमा सबैभन्दा महान संस्था हाम्रो चुनाब हो जसबाट सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुन्छ । र, तपाइँ त्यसलाई तहस नहस पार्न सक्नुहुन्न ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *