कमला ह्यारिसको चाइनिज नाम !

डिसी नेपाल
२४ कार्तिक २०७७ ११:५४

काठमाडौं। अमेरिकी राष्ट्रपतिको निर्वाचनका विषयमा चिनियाँ सामाजिक संजालमा विगत केही दिनदेखि निकै सरगर्मी रह्यो । यसमा धेरै चर्चा त ट्रम्प र बाइडेनमा केन्द्रित रह्यो तर चिनियाँ सामाजिक संजाल विबोमा प्रयोगकर्ताको ध्यान एउटा अर्को कुराले तान्यो । त्यो थियो कमला ह्यारिसको चाइनिज नाम । र, यो प्रश्न हर कोहीले सोधिरहेका थिए – कमला ह्यारिसको चाइनिज नाम कसरी हुन सक्छ ?

खासमा चीनमा पश्चिमका धेरैजसो राजनेताहरुको नाम फोनेटिक अनुवाद गरिन्छ । जसअनुसार बाइडेनलाई त्यहाँ बाइ डेंग भनिन्छ । तर, कमलाको चाइनिज नाम निकै फरक सुनिन्छ । हे जेन ली – कमलाको यो नाम बिल्कुलै चाइनिज जस्तो सुनिन्छ । र, यो उनको आधिकारिक नाम पनि हो । समाचार साइट साउथ चाइना मर्निङ पोस्टका अनुसार कमला ह्यारिसले करिब २० वर्ष पहिले सन फ्रान्सिस्कोमा डिस्ट्रिक्ट अटर्नीको चुनाब लड्ने बेला आफ्नो चाइनिज नाम पनि राख्ने निर्णय गरेकी थिइन् ।

उनले यस्तो आफ्ना एक चिनियाँ मूलका अमेरिकी मित्रको सल्लाहमा गरेकी थिइन् । मित्रले उनलाई यस्तो गर्दा शहरका निनियाँ मिडियामा उनको कभरेज हुने बताएका थिए । त्यतिबेला उनका मित्रका पिताले कमलाको लागि यो चिनियाँ नाम रोजेका थिए जसको अर्थ हुन्छ – गहन सुन्दर । र, यो राम्रै भयो कि कमलाले २० वर्षअघि नै आफ्नो चाइनिज नाम राखिसकेकी थिइन् । किनकि गत वर्ष मात्र सन फ्रान्सिस्कोमा नयाँ कानुन लागू भएको छ जसअनुसार उम्मेदवारले आफैं कुनै चाइनिज नाम राख्न पाउँदैनन् । उम्मेदवारको चाइनिज नाम कम्तीमा २ वर्ष पहिलेदेखि चलनचल्तीमा भएको अवस्थामा मात्र उनीहरु चाइनिज नाम राख्न पाउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *