अर्नब गोस्वामी पुनः जेल चलान, अदालतले अस्वीकार गर्‍यो जमानतको निवेदन

डिसी नेपाल
२४ कार्तिक २०७७ १६:२२

मुम्बइ। बम्बइ हाइकोर्टले रिपब्लिक टिभीका सम्पादक अर्नब गोस्वामीलाई जमानत दिन अस्वीकार गरेको छ । अर्नबलाई रायगढ पुलिसले आत्महत्याको लागि उक्साएको अभियोगमा गिरफ्तार गरेको हो । उनी अहिले १४ दिनको न्यायिक हिरासतमा छन् । अदालतले फैसलामा यदि अर्नबले चाहेमा आगामी ४ दिनमा यो आदेशलाई चुनौती दिँदै सत्र न्यायालयमा जान सक्ने भनेको बीबीसीले जनाएको छ ।

गोस्वामीलाई आजै बिहान महाराष्ट्रको रायगढस्थित तलोजा जेल पठाइएको थियो । उनलाई आइतबार अलीबागको एक कोभिड–१९ क्वारेन्टाइन सेन्टरबाट जेल चलान गरिएको हो । यसअघि अदालतले न्यायिक हिरासतमा पठाएपछि उनलाई क्वारेन्टाइन सेन्टरमा राखिएको थियो ।

समाचार एजेन्सी पीटीआइले एक पुलिस अधिकारीलाई उद्धृत गर्दै लेखेअनुसार अर्नबलाई न्यायिक हिरासतमा राखिएका बेला उनले कथित रुपमा फोनको प्रयोग गरेका थिए त्यसपछि उनलाई तलोजा जेल सारिएको हो । रायगढको क्राइम ब्रान्चले अर्नब गोस्वामी कुनै अर्को फोनबाट सामाजिक संजालमा सक्रिय रहेको पाएको थियो । उनको आफ्नो फोन भने ४ नोभेम्बरमा हिरासतमा लिएपछि पुलिसले जफत गरेको थियो ।

अर्नबले तलोजा जेल जैजाँदै गर्दा पुलिसको गाडिभित्रैबाट चिच्याएर अलीबागका जेलरले आफूलाई शनिबार साँझ कुटपिट गरेको बताएका थिए । उनले चिच्याएरै आफ्नो ज्यान खतरामा रहेको र आफ्नो वकिलसँग कुरा गर्न नदिइएको पनि बताएका थिए । अर्नब र अन्य २ जना फिरोज शेख र नीतिश सारदालाई पुलिसले ४ नोभेम्बरमा पक्राउ गरेको थियो । उनीहरुमाथि २०१८ मा इन्टिरियर डिजाइनर तन्वय नाइक र उनकी आमालाई आत्महत्याको लागि उक्साएको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *