चीनले जो बाइडेनलाई जीतको बधाइ दिन अस्वीकार गर्दै दियो यस्तो जवाफ

डिसी नेपाल
२५ कार्तिक २०७७ ११:४९

काठमाडौं। चीनले अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डेमोक्रेट उम्मेदवार जो बाइडेनलाई जीतको बधाइ दिन अस्वीकार गरेको छ । बाइडेनको जीतको घोषणापछि लामो समयसम्म कुनै प्रतिक्रिया नदिएको चीनले सोमबार अमेरिकी चुनाबको नतिजाको निर्धारण हुन अझै बाँकी रहेको बताएको छ । डोनाल्ड ट्रम्पले अहिलेसम्म आफ्नो हार स्वीकार नगरेको र चुनाबका नतिजालाई अदालतमा चुनौती दिने बताएको भन्दै कानुनी प्रक्रिया नसकिँदै अहिले नै हारजीतको टुंगो नलागेको बताएको छ ।

नेपालसहित विश्वका कैयौं देशले बाइडेनलाई जीतको बधाइ दिइसकेका छन् । तर, चीनसहित, रुस, मेक्सिको, ब्राजिल लगायतका देशले अहिलेसम्म बाइडेनलाई बधाइ दिएका छैनन् । चीनले सोमबार जारी गरेको बयानमा आफूले बाइडेनलाई विजेता घोषित गरिएको जानकारी पाएको जनाएको छ । ट्रम्पको ४ वर्षको कार्यकालमा चीन र अमेरिकाविद व्यापारयुद्ध उच्चतम विन्दूमा पुगेको थियो । कोरोनाभाइरस आएपछि यी दुई देशको सम्बन्ध झनै बिग्रियो ।

सोमबार नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले भने ‘हाम्रो बुझाइ छ कि अमेरिकाको मानुन र प्रक्रिया अनुसार चुनाबका नतिजा तय गरिन्छन् ।’ संवाददाताहरुले पटक पटक प्रश्न गरेपछि वेनबिनले जो बाइडेनलाई बधाइ दिन अस्वीकार गर्दै भने ‘हामीलाई थाहा छ जो बाइडेनलाई विजेता घोषित गरिएको छ । तर हामी अन्तर्राष्ट्रिय अभ्यासलाई पच्छ्याउँछौं । बधाइ नदिएका अन्य देशहरु रुस, मेक्सिको पनि छन् । हामीलाई थाहा छ ट्रम्पले बाइडेनबाट पराजित भएको स्वीकार गरेका छैनन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *